आइतबार , जेठ २६, २०८२

काठमाडौं । युक्रेनमा रुसी सेनाले हमला गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्लादिमिर पुटिनलाई टेलिफोन गरेका छन् ।

बिहीबार राति भएको टेलिफोन कुराकानीमा मोदीले रुसी राष्ट्रपति पुटिनलाई ‘तत्काल हिंसा अन्त्य’ गर्न आग्रह गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवं छलफलको बाटोमा’ आउन अपिल गरेको समेत उल्लेख छ ।

भारतले लामो समयदेखि ‘रुस र नेटोबीच जारी मतभेदलाई इमान्दारितापूर्वक छलफल गरेर मात्रै समाधान गर्न सकिने’ भन्दै आएको पनि मोदीको भनाइ थियो ।

त्यस्तै युक्रेनमा रहेका भारतीय नागरिक र त्यसमा पनि विशेषगरी विद्यार्थीको सुरक्षालाई लिएर मोदीले चिन्ता व्यक्त गरेको पनि समाचारमा उल्लेख छ ।

इरानका राष्ट्रपति इब्राहिम रइसीले समेत पुटिनलाई फोन गरेका छन् । पुटिनसँगको छलफलमा रइसीले पूर्वतर्फ नेटो फौजको विस्तार हुँदा कैयौं क्षेत्र र मुलुकको सुरक्षा जोखिममा परेको बताएका थिए ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याँक्रो र पुटिनबीच पनि टेलिफोनमा कुराकानी भएको छ । कुराकानीमा म्याक्रोले युक्रेनमा जारी सैन्य कारबाही तत्काल अन्त्य गर्न आग्रह गरेको सीजीटीएनले जनाएको छ । सैन्य कारबाही जारी पुटिनविरुद्ध व्यापक प्रतिबन्ध लगाइनेसमेत बताएक थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP