शनिबार , भाद्र १३, २०८३

क्यानबेरा/अष्ट्रेलियाको राजधानीको क्यानबेरामा नेपाली दूतावासको भवन बन्ने भएको छ । दूतावासको भवन निमार्णका लागि १ करोड २० लाख अष्ट्रेलियन डलर (फेब्रुअरी २४ को अनुसार १ अर्ब ३ करोड रुपैया ) खर्च लाग्ने अनुमान गरिएको छ । आज दूतावासले भवनको नक्सा (डिजाइन) र योजना सार्वजनिक गरेको हो । अष्ट्रेलियाका लागि नेपाली कार्यबहाक राजदूत द्रुपदा सापकोटाले भवन बनाउने बिस्तृत योजना तयार भएर, निर्माण कम्पनी छान्ने बोलपत्र आव्हान गर्ने तयारीमा रहेको बताउनुभयो ।

दूतावास परिसर भित्र नेपाली शैलीमा ४ वटा भवन निमार्ण हुने दूतावासले जनाएको छ । भवनको नक्सा बनाउन दूतावासले स्थानिय परामर्श कम्पनी फ्युजन माइक्राइस जेभीलाई जिम्मा दिएको थियो । भवनको नक्सा, डिजाइन र परामर्शका लागि मात्रै ५ लाख डलर खर्च भएको कार्यबाहक राजदूत सापकोटाले जानकारी दिनुभयो ।

कार्यबहाक राजदूतलाई भवनको नक्सा र डिजाइन हस्तान्तरण गरिदै
आवश्यक पर्ने बजेट विनियोजनका लागि दूतावासले नेपाल सरकारसंग पहल गरिरहेको छ । बजार भाउ बढेकोले भवन निमार्णको लागत केही बढ्न सक्ने अनुमान गरिएकाले तत्कालै कत्ति बजेट लाग्छ भनेर सार्वजनिक नगरिएको कार्यबहाक राजदूत सापकोटाको भनाई छ । तर, नेपालट्युबसंग कुरा गर्दै दूतावास स्रोतले कम्तिमा पनि १ करोड २० लाख डलर खर्च हुने अनुमान गरिएको जानकारी दियो ।

अबको एक महिनाभित्र बिल्डर अर्थात भवन निमार्ण कम्पनीका लागि बोलपत्र आव्हान गर्ने तयारी दूतावासको छ । भवन निर्माणको लागि नेपालको सार्वजनिक खरिद ऐनरनियम र अष्ट्रेलियाको ऐनरनियम पालना गरिने दूतावासको विज्ञप्तीमा उल्लेख छ ।’भवनका लागि यसअघि नै क्यानबेरामा ६ हजार १९८ बर्गमिटर जग्गा खरिद भइसकेको छ । अष्ट्रेलियन सरकारको सहुलियतमा ९९ सय वर्षका लागि १२ लाख डलरमा जग्गा खरिद गरिएको हो ।

दूतावासको भवनका लागि किनिएको जग्गा
दूतावासले जुलाई वा अगष्ट महिनाबाट भवन निर्माण थाल्ने तयारी गरेको छ । निर्माण सुरु भएको तीन वर्ष भित्रमा सम्पन्न गर्ने समेत विज्ञप्तीमा भनिएको छ । भवन निमार्णका लागि दूतावासले पराराष्ट्र मन्त्रालय, शहरी विकास तथा भवन निमार्ण विभागसंग निरन्तर समन्वय गरेको समेत विज्ञप्तीमा भनिएको छ । अष्ट्रेलियाको नेपाली दूतावास झण्डै एक वर्षदेखि राजदूतविहिन छ ।

 

Via Nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP