मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो आन्दोलन विदेशीका दबाब र प्रभावमा परेका विदेशीको पैसाले आन्दोलन र चुनाव गर्नेले यसको नेतृत्व गर्न नसक्ने बताउँदै यसको ढिलो चाँडो राष्ट्रवादी पार्टी राप्रपाले नै गर्ने जिकिर गरे ।

अध्यक्ष थापाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘अशान्ति, अराजकताको वातावरण गुज्रिराखेको छ । ५२ सालमा माओवादीले आफ्नो निहित स्वार्थ परिपूर्ति गर्नको लागि हिंसात्मक गतिविधि ग¥यो । त्यो गतिविधिले शैक्षिक क्षेत्र अस्तव्यस्त भयो, राम्रोसँग पढाइ हुन सकेन । संविधान बनेपछि देशमा शान्ति, स्थायित्व आउँछ भन्ने विश्वास लिएका जनता निराश हुन बाध्य भएका छन् । गरिबी, भ्रष्टाचार बढेर गएको छ ।’

कुशासन, सर्वसत्तावाद, धर्मपरिवर्तन र लुटतन्त्र अहिले देशमा कायम भएको थापाले बताए । अहिले वर्षको ५ लाख भन्दा बढि पासपोर्ट बनाएर अरबको मरुभुमि जान बाध्य भएको उनको भनाइ छ ।

नेकपाभित्रको विवादले सिङ्गो देश बन्धक भएको थापाले बताए । दुई तिहाई बहुमत प्राप्त गरेको नेकपाकै कारण देश अराजकता र अस्थिरताको दलदलमा फसेको भन्दै जनतालाई बेइमानी र धोका भएको उनको भनाइ छ ।

उनले भने, ‘ओली र प्रचण्डको नाटक र नौटङ्कीको प्रतिस्पर्धाले देशलाई दुर्घटना तर्फ धकेलिरहेको छ । सत्तारुढ दलले आफ्नै प्रम बिरुद्ध अविश्वास प्रस्ताव राख्छ, त्यसलाई छल्न प्रमद्वारा संसद विघटन गर्छ, मुद्दा विचाराधिन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन, तर्साउन करोडौ खर्च गरेर सडक प्रदर्शन भइरहेको छ । व्यवस्थापिका प्रमुखले कार्यपालिका र न्यायपालिका प्रमुख विरुद्ध अदालतमा मुद्दा हाल्ने अवस्था आएको छ ।’

यी घटनाक्रमले ६२÷६३ पछीको मार्गचित्र असफल प्रमाणित गरेको थापाको दाबी छ । उनले भने, ‘धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको औचित्यमाथि प्रश्न चिन्ह खडा भइसकेको छ । देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि, देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन हुन जरुरी छ । हिंसा, अस्थिरता र अराजकताको अन्त्य गर्न, नाटक र नौटङ्कीलाई बढार्नको लागि समेत राष्ट्रवादी आन्दोलनको तयारी गर्नुहोस ।’

कार्यक्रममा नेता दिपक बोहोरा, नेता विक्रम पाण्डे, श्याम तिमिल्सिना, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, पूर्व अध्यक्ष उज्वल पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP