मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सघाउन गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीचको भेटवार्तामा देउवाले संसदमा टेबल भएको एमसीसी पास गर्न सघाउन आग्रह गरेपनि ओलीले अस्वीकार गरेका हुन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको बताए ।
जवाफमा ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेको रिजालले जानकारी दिए ।

भेटवार्तामा अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

यस्तै काँग्रेस तर्फ उपसभापति पूर्णबहादुर खड्कालगायतका नेता सहभागी थिए । यसअघि ओली र देउवाबीच बालकोटमा गत बिहीबार करिब डेढ घण्टा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP