सोमबार , भाद्र १५, २०८३

९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ । अध्यक्ष उपेन्द्र यादवले भने १३ फागुनमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

जसपामा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच चर्को विवाद छ । भट्टराईले अशोक राईको समेत साथ लिएर पार्टीमा बहुमत जुटाउने र कार्यकारी अधिकार लिने प्रयास गरेका छन् । तर अहिलेसम्म न राईले साथ दिएका छन्, न अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका छैनन् ।

अध्यक्ष यादवले सोमबार भने १३ फागुनका लागि कार्यकारिणी समितिको बैठक भने बोलाएका छन् । ‘३ महिनादेखि केन्द्रीय समितिको बैठक माग गर्दै आएका छौं, अध्यक्ष तयार हुनु भएको छैन,’ एक कार्यकारिणी सदस्य भन्छन्, ‘१३ फागुनमा कार्यकारिणी समिति बैठक भनेर भर्खर कार्यलयबाट खबर आएको छ ।’

कार्यकारिणी लगतै केन्द्रीय समितिको बैठक राख्नुपर्ने भट्टराई पक्षका नेताहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP