सोमबार , भाद्र १५, २०८३

फागुन–७, बुटवल ।लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा साहित्यकार सपना आचार्यद्वारा लिखित मलिलो माटो उपन्यासको लोकार्पण भएको छ।

उक्त उपन्यासको लोकार्पण नेपाली फिल्म जगत्का महानायक राजेश हमाल र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले संयुक्त रूपमा गर्नुभएको हो ।

नारीलाई प्रकृतिसँग र प्रकृतिलाई नारीसँग सादृश्य गरी नारी तथा प्रकृति सृष्टिका संवाहक हुन् तर नारी र प्रकृतिको उपभोग मात्रै गरिएको र त्यसको भित्री मर्म, वेदना एवम् समस्याको समाधान नभएको बरु नारी परिस्थितिको दास बन्न बाध्य भएको कुरालाई कृतिमा प्रस्तुत गरिएको छ।

कृतिमाथि टिप्पणी गर्दै अधिकारकर्मी मीनाक्षी न्यौपाने र इन्दिरा आचार्यले कृतिले नारी र प्रकृतिका विशेषता, विवशता अनि जीवनावस्थालाई उल्लेख गरेको बताउनुभयो । त्यसैगरी डा. रवीन्द्र समीरले मलिलो माटो उपन्यास सर्जकको पहिलो कृति भए पनि धर्ती र महिलाको दर्शनमा आधारित भएकाले पठनीय रहेको बताउनुभयो ।

 

कार्यक्रममा तिलोत्तममा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले मलिलो माटो उपन्यासले समाजमा महिलाको अवस्थालाई प्रस्तुत गरेको बताउँदै निरन्तरको मिहिनेत र अध्ययनशीलताले लेखकलाई सफल बनाउने बताउनुभयो ।

त्यसैगरी महानायक राजेश हमालले कृतिले प्रकृति र नारीको भूमिकासहित नारी र प्रकृतिले भोग्नुपरेका परिस्थितिजन्य अन्योलता र विवशतालाई प्रस्तुत गरेको बताउँदै कृति सफलताको शुभकामना दिनुभयो ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा स्वागत मन्तव्य, महानायक राजेश हमालको प्रमुख आतिथ्यता, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेको विशिष्ट आतिथ्यता, डा. रवीन्द्र समीर लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्दिरा अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP