सोमबार , अषोज २६, २०८३

बुटवल । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रा.लि.द्वारा सञ्चालित आवास परियोजना अन्तर्गत रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा होम्समा निर्मित भवनको उद्घाटन भएको छ । शनिबार एक समारोहकाबीच नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमालले एक घरको उद्घाटन गरेका हुन् । नायक हमालले आवास परियोजनाको बी ब्लकको एक घरको औपचारिक उद्घाटन गरेका हुन् , जसको मूल्य एक करोड ७५ लाख रहेको छ ।

आवास परियोजना अन्तर्गत केहि घरहरुको निर्माण कार्य सम्पन्न भएको हुनाले नायक हमालले औपचारिक शुभारम्भ गरेका हुन् । सो अवसरमा परियोजनाको अवलोकन गर्दै नायक हमालले वृहत तथा व्यवस्थित योजना रहेको बताउँदै देशकै नमूना आवास क्षेत्र बन्ने विश्वास व्यक्त गरे। उनले भने‘ ठूलो क्षेत्रमा धेरै घरहरु व्यवस्थित रुपमा बन्दै रहेछन् । सम्पन्न घरहरु आकर्षक र समयअनुकूल लाग्यो । वृहत योजना व्यवस्थित त देखियो नै गुणस्तरमा पनि विशेष जोड दिएको पाएँ। यसको निर्माण सम्पन्न भए लगत्तै देशकै नमूना आवास क्षेत्र बन्छ भन्ने लाग्यो ।’

उद्घाटन समारोहमा प्रा.लि.का अध्यक्ष नेत्र वनले परियोजना सम्बन्धी नायक हमालले राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए । सो अवसरमा उनले बढ्दो शहरीकरण र प्रदुषणलाई मध्य नजर गर्दै बुटवल र भैरहवाबीचमा व्यवस्थित र आधुनिक बसाइका लागि विशेष आयोजनाका साथ अगाडि बढेको बताए । उनले समय सापेक्ष सबै साना,ठूला सबै परिवारका लागि आवास उत्तम हुने दावी समेत गरे।

कम्पनीले तिलोत्तमा–७ भलवारीमा झण्डै ६ विगाहा क्षेत्रफलमा सुरु गरेको आवास विकास परियोजनामा घर बुकिङ गर्ने क्रम जारी रहेको कम्पनीका सेल्स एण्ड मार्केटिङ प्रमुख सुदिप ढकालले बताए। साथै उनले घर बुकिङ गर्न चाहानेहरुले निर्माण सम्पनन भएका घर अवलोकन गरेर खरिद तथा बुकिङ गर्न सक्ने जनाए ।

जम्मा १०९ वटा घर बन्ने परियोजना अन्तर्गत ५५ घर बन्दै जसअन्तर्गत २० वटाको ढलानको काम सकिएको र ३५ वटाको जगको काम सकिएको परियोजना म्यानेजर यदुराज बरालले बताए ।

उद्घाटन समारोहमा तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे, कम्पनीका सञ्चालक विष्णु भुसाल ,सिए हरि लम्साल, सिइओ प्रकाश भण्डारी, कम्पनीका अन्य सञ्चालक सदस्य तथा कर्मचारीहरु लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP