मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी सम्झौता संशोधनविना नस्वीकार्ने सर्वसम्मत निर्णय भएको बताएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले आफ्नो पार्टीले एमसीसी सम्झौता टेबल गर्न दिने या नदिने भन्ने कुनै निर्णय नगरेको दाबी समेत गरे ।

बैठकपछि नेकपा समाजवादीका नेताहरूले एमसीसी सम्झौता टेबल गर्न र संसद्मा छलफल गर्न दिने निर्णय गरेको बताएका थिए । तर नेता खनालले भने टेबल गर्न दिने निर्णय नभएको भन्दै खण्डन गरे । ‘आज बसेको स्थायी कमिटी बैठकको ठोस निर्णय भनेकै एमसीसी सम्झौता विना संशोधन स्वीकार नगर्ने भन्ने हो’, नेता खनालले रातोपाटीसँग भने, ‘एक मतले यथास्थितिमा एमसीसी नस्वीकार्ने भन्ने नै हो, टेबल गर्न दिने नदिने आदि केही पनि निर्णय भएकै छैन ।’

उनले त्यसबाहेकका प्रक्रिया र निर्णयका बारेमा गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर जाने निर्णय भएको पनि बताए । ‘बाँकी कुरामा हामी मात्रै छैनौ, गठबन्धनमा पाँच दल छौ, यो पाँच दलको बीचमा छलफल गरेर के गर्ने र त्यसको प्रक्रिया के हुने भन्ने टुंगोमा पुग्छौ भनेका हौ ।’ उनले पार्टीका कुन कुन नेताले कसरी बुझे त्यो आफूलाई थाहा नभएको सत्तामा भएकाहरूले कुर्सी जोगाउन टेबल गर्न दिने भनेर बोलेकोमा आपत्ति समेत जनाए ।

यसअघि नेकपा एकीकृत समाजवादीकी मन्त्री समेत रहेकी सचिव रामकुमारी झाँक्रीले एमसीसी सम्झौता संसद्मा छलफल गर्नका लागि पार्टीले टेबल गर्न दिने निर्णय गरेको बताएकी थिइन् ।

‘टेबल गर्न दिने तर एमसीसी सम्झौताको संशोधन, स्वीकार या अस्वीकार गर्ने जिम्मा सार्वभौम संसद्को हो’ झाँक्रीको भनाइ थियो । त्यस्तै बैठकपछि पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि एमसीसी सम्झौता टेबल गर्ने विषयमा आपत्ति नरहे पनि दलहरूको सहमतिमा मात्रै टेबल गर्न सकिने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP