सोमबार , भाद्र १५, २०८३

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रघाती भएको भन्दै दिनहुँजसो प्रदर्शन भइरहँदा शुक्रबार अमेरिकाले चेतावनीयुक्त वक्तव्य जारी गर्यो । अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा एमसीसीको नाममा हिंसात्मक गतिविधि अमेरिकालाई मान्ने नहुने बतायो ।

वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसमा अमेरिकाले समर्थन गर्ने र एमसीसीको विषयमा पनि अमेरिकाको सोही धारणा रहेको तर हिंसा भड्काउने किसिमको विचार स्वीकार्य दूतावासको भनाइ छ ।
उसो त दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एक साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी एमसीसी सम्झौता’दयगत अमेरिकाको धारणा सार्वजनिक गरेका थिए ।

अमेरिकाले एमसीसी नेपालको संसदबाट पास गर्न दवाव बढाइसकेको बेला अर्को शक्ति राष्ट्र चीन पनि यसबारे बोलेको छ । शुक्रवार चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालमा ‘धम्की कूटनीति’ गरेको भन्दै प्रतिरोध गर्ने चेतावनी दिएका छन् । एमसीसीका कारण नेपालमा चीनको परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ लागू नहुन सक्ने भन्दै प्रवक्ता पिनले चेतावनी दिएका हुन् ।

नेपालमा एमसीसीको विषयमा दलहरुबीच तीव्र अन्तरविरोध छ । सत्ता घटक दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी नै एमसीसीको पक्षमा छैनन् । विवादकै कारण एमसीसी संसदमा टेबल हुन नसकिरहेका बेला नेपालको एमसीसीका विषयमा अमेरिका र चीन आमनेसामने भएका हुन् ।

Via Lokaantar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP