शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा आन्दोलन परिचालन कमिटीकी सहसंयोजक पम्फा भुषालले बैतडीमा बालिका बलात्कार भएको घटनाको भत्सर्ना गरेकी छन्। सामाजिक सञ्जालमा आफ्ना विचार सार्वजनिक गर्दै नेता भुषालले सरकारलाई बालिका बलात्कारीलाई कारबाही गर्न चुनौती समेत दिईन्।

सरकारले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी अझै पत्ता लगाउन नसकिरहेका बेला बैतडीमा अर्की बालिका भागिरथी भट्टको स्कुलबाट फर्किदा बलात्कारपछि हत्या भएपछि नेता भुषालले आक्राष व्यक्त गरेकी हुन्।

गृहमन्त्री रामबहादुर थापाले केही दिन अघि सरकार विरोधी आन्दोलनमा लागेकाहरुलाई चिडियाखानामा थुन्ने चेतावनी दिएका थिए। त्यसैको जवाफमा नेता चुषालले भनिन्, ‘फेरी बैतडीमा बीभत्स घटना। १७ बर्षिय भागीरथी भट्ट विद्यालयबाट घर फ़र्किन पाइनन।बलात्कारको सीकार र बीभत्स हत्या भएकोछ। अपराधीलाई कडा कारबाही गर।सक्छौ भने चिड़ियाखान राख सरकार।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP