मंगलबार , बैसाख २९, २०८३
प्रदिप कँडेल/ बुटवल

स्याङ्जा जिल्ला चापकोट नगरपालिका वाड न. 8 घर भइ पाल्पा जिल्ला रामपुर नगर पालिकामा ब्यवसाय गर्दै आएका सागर खनाल बिगत 18 दिन देखि बेपत्ता भएका छ्न ! रामपुर बेझाडमा फलफुल तथा तरकारिको ब्यवसाय गर्दै आएका सागर यहीँ माघ 16 गते तरकारी लिन भन्दै आफ्नै गाडी ( गाडी न . ग 3 च 6426 ) मा बुटवल निस्केका थिए । बुटवल लुम्बिनी स्टाफ होटलमा बास बसेका सागर बुटवल गएको भोलि पल्ट देखि नै बेपत्ता भएका हुन । होटल ब्यवसायीका अनुसार बिहान 9 बजे खैरेनि जान्छु भनेर निस्केका उनी भोलि पल्ट सम्म पनि परिवार को सम्पर्कमा न आएपछी उनको खोजी कार्य शुरु भएको हो ।

होटल अगाडि पार्किङ्ग गरिएको उनको गाडिमा मोबाइल , मनि ब्याग र एउटा डायिरी भेटिएको छ । गाडी भित्र भेटिएको डायिरिमा ” भाइ हरु बुवा, मम्मी, भाउजु र छोराको राम्रो सङ्ग ख्याल राख्नु म समस्यामा छु मलाइ नखोज्नु होला ” भनेर लेखिएको छ । दिन बित्तै गए रात बित्तै गए सम्पर्क मा न आएको 18 दिन बितिसक्दा पनि सागर को बाटो हेर्दै बसेका उनका परिवारका आँखा भरिए तर सागर बिना रित्तो बनेको उनको घर भने अझै भरिन सकेको छैन , मलिन आँखा लिएर उनी घर फर्कने बाटो हेर्दै बसेका उनका परिवार यति बेला तपाईं हाम्रै सहयोग को आशा मा बसेका छन । बुटवल उपमहानगर पालिका इलाका प्रहरी कार्यलयमा निबेदन गरेको भए पनि अहिले सम्म कुनै जानकारी प्राप्त नभएको उनका भाइ गोपाल सुनाउछन । गोपाल का अनुसार प्रहरी ले पनि खोजीमा खासै रुचि नदेखाएको र फोन गरेर बुज्दा अरु केसमा ब्यस्त छु भन्दै फोन काटिदिने गरे पछि परिवारमा झन चिन्ता बढेको छ ।

विभिन्न माध्यम बाट खोजी कार्य भै राखे पनि सागर परिवार को सम्पर्क मा न आए पछि समस्या झन बड्दै गएको हो । उनको खोजि गर्दिन भन्दै उनको परिवार प्रहरी कार्यलय देखि मिडिया सम्म धाउन थाली सकेका छ्न । यतिका दिन सम्म घर नफर्केका सागरलाई देख्ने भेट्ने हरुले उनको भाइ गोपाल लाई सिधै सम्पर्क गर्न सक्नु हुनेछ अथवा नजिकै को प्रहरी कार्यलमा बुजाइदिन पनि सक्नु हुनेछ । ( सम्पर्क नम्बर 9861080504, 9808537497 )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP