मंगलबार , बैसाख २९, २०८३

५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ ।

बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि ३ बजे बस्ने भनिएको थियो ।

सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा निर्णायक छलफल हुने नेताहरूले बताएका छन् । गठबन्धनको बैठकमा आज सहमति जुटाएर शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेस गर्ने सरकारको तयारी छ । त्यसैले आजको गठबन्धनको बैठकलाई चासोका साथ हेरिएको छ ।

एमसीसीको विषयमा सत्ता गठबन्धनका नेताहरू विभाजित छन् । नेपाली कांग्रेस एमसीसी देशकै हितमा भएको भन्दै यसलाई जस्ताकोतस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनविना यसलाई संसदमा लैजान नहुने अडानमा छन् ।

जनता समाजवादी पार्टी (जसपा)ले एमसीसीबारे पार्टीको आधिकारिक धारणा तय गरिसकेको छैन । पार्टी अध्यक्ष उपेन्द्र यादव यस विषयमा मौन देखिएका छन् । यद्यपि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा आफ्ना धारणा राख्दै आएका छन् ।

सत्ता गठबन्धनको अर्को एक दल राष्ट्रिय जनमोर्चाले भने एमसीसी खारेज गर्नुपर्ने पक्षमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP