बुधबार , असार ४, २०८२

५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ ।

बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि ३ बजे बस्ने भनिएको थियो ।

सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा निर्णायक छलफल हुने नेताहरूले बताएका छन् । गठबन्धनको बैठकमा आज सहमति जुटाएर शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेस गर्ने सरकारको तयारी छ । त्यसैले आजको गठबन्धनको बैठकलाई चासोका साथ हेरिएको छ ।

एमसीसीको विषयमा सत्ता गठबन्धनका नेताहरू विभाजित छन् । नेपाली कांग्रेस एमसीसी देशकै हितमा भएको भन्दै यसलाई जस्ताकोतस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनविना यसलाई संसदमा लैजान नहुने अडानमा छन् ।

जनता समाजवादी पार्टी (जसपा)ले एमसीसीबारे पार्टीको आधिकारिक धारणा तय गरिसकेको छैन । पार्टी अध्यक्ष उपेन्द्र यादव यस विषयमा मौन देखिएका छन् । यद्यपि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा आफ्ना धारणा राख्दै आएका छन् ।

सत्ता गठबन्धनको अर्को एक दल राष्ट्रिय जनमोर्चाले भने एमसीसी खारेज गर्नुपर्ने पक्षमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP