मंगलबार , बैसाख २९, २०८३

डार्विनमा रहेको नेपाली संघसंस्था Nepalese Association of Northern Territory (NANT), Non Resident of Nepali Association Northern Territory ( NRNA NT) र Nepali Volleyball Club Darwin को संयुक्त आयोजनामा जनवरी महिनाको १५, १६ गते आयोजना गरिने भनिएको FIRST MULTICULTURAL VOLLEYCUP 2022 कोरोना संक्रमण बढेको कारण अनिश्चित समयको लागि स्थगित गरिएको थियो। डार्विनमा कोरोनाको संक्रमणमा खासै कमी नदेखिए पनि प्राबिधिक सहयोगि संस्था DARWIN VOLLEBALL ASSOCIATION ले स्वस्थ बिभागबाट जारीगरेको निर्देशन पालन गरि खेल सन्चालन गर्न सकिने सुझाव दिएपछि प्रतियोता सुरु गरि खेल सन्चालन गरियो ।

फेब्रुअरी १२ बाट सुचारु गरिएको खेल २० फेब्रुअरीमा हुने फाइनल खेल संगै समापन हुने छ। १२ फेब्रुअरीमा भएको पहिलो लिगमा ८ टिमलाई २ भागमा बिभाजन गरि खेलाइएको थियो। जसमा 2 नेपाली टोलिको पनि सहभागीता थियो । नेपाली टिमले उत्कृष्ट खेल प्रदर्शन गरेता पनि सेमिफाइनल बाट बाहिरीयको थियो ।

पुरुष भलिबल तर्फको फाइनल फेब्रुअरी २० आइतबार हुने र खेल Just Volley from Indian community and SPI- Nuts from south PASIFIC Island बिच हुने जानकारी चन्द्र प्रकश गुरुङले पुराखबरलाई दिनु भयो । महिला तर्फको खेल फेब्रुअरी १९ बाट हुने छ भने फाइनल खेल फेब्रुअरी २० मा हुने जनकारी Darwin volleyball association ले दियको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP