आइतबार , बैसाख ७, २०८२

चन्द्रप्रकाश गुरुङ/ डार्विन

डार्विनमा रहेको नेपाली संघसंस्था Nepalese Association of Northern Territory (NANT), Non Resident of Nepali Association Northern Territory ( NRNA NT) र Nepali Volleyball Club Darwin को संयुक्त आयोजनामा जनवरी महिनाको १५ र १६ गते आयोजना गरिने भनिएको FIRST MULTICULTURAL VOLLEYCUP 2022 कोरोना संक्रमण बढेको कारण अनिश्चित समयको लागि स्थगित गरिएको थियो। डार्विनमा कोरोनाको संक्रमणमा खासै कमी नदेखिए पनि प्राबिधिक सहयोगि संस्था DARWIN VOLLEBALL ASSOCIATION ले स्वस्थ बिभागबाट जारीगरेको निर्देशन पालन गरि खेल सन्चालन गर्न सकिने सुझाव दिएपछि प्रतियोताको तयारी गरिएको छ।

प्रतियोगिता संचालनको लागि चन्द्रप्रकाश गुरुंगको संयोजकत्वमा १२ सदस्यीय टास्कफोर्स कमिटी गठन गरिएको थियो जसमा NANT अध्यक्ष युवराज पन्त, NRNA NT संयोजक बिष्णु चापागॉई, NVC अध्यक्ष किरण गौतम, बाबुराम भट्टराई, दिनेश के सी, भवानी पौडेल, रविन भुसाल फिरोज राण, गुनजन उपाध्याय, संजीव गोरखाली, र राज सापकोटा छन।
टास्कफोर्स टिमले अथक प्रायस गर्दा पनि उचित समय र मितिको लागि उपयुक्त स्थान पाउन मुश्किल भएकोले प्रतियोगितालाई MARRARA STADIUM मै दुई सप्ताहन्तको चार सॉझ हरुमा सन्चालान गरिने भएकोछ। १२,१३ १९ र २० फेब्रुबरीको सॉझहरुमा सॉझ ६ बजेबाट खेल सन्चालन हुनेछ।

सुरुमा १० पुरुष र ६ महिला टिमहरुले सहभागि हुने भनिएता पनि प्रतियोगिताको मिति परिवर्तन भएपछि २ पुरुष टिम भाग लिन असमर्थ छन त्यसैले अब मात्र ८ पुरुष टिम र ६ महिला टिम बीच प्रतिस्पर्धा हुनेछ।

“PROUDLY VOLLEYING NATIONAL SPORT OF NEPAL” भन्ने नाराकासाथ आयोजक टिम नेपाल तर्फबाट पुर २ पुरुष र 1 महिला टिम प्रतियोगितामा सहभागि हुदैछन। पुरुष टिम नेपाल A रातोको लगि मेनेजर भवनी पौडेल र टिम नेपाल B निलोको लागि बाबुराम भट्टराई तोकिएको छ भने महिला टिमको लागि युवाराज पन्त मेनेजर तोकिएको छ।

प्रतियोगिता सन्चालनको लागि डार्विन स्थित नेपाली ब्यवशायहरु : KBA GLOBAL EDUCATION AND MIGRATION, FRESH POINT Co. CAFE, PLATINUM CONVEYANCING NT, SHARMA AUTOSALE, AMAZING EDUCATION AND VISA SERVICES, DADA DI RESTAURANT, OASIS EDUCATION AUSTRALIA , MT.8848 CAFE & RESTAURANT, BDMS COMUNITY SERVICES , MITCHELLE’S THE PIZZA SHOP, YOGI’S WAY RESTAURANT, SUHANA BUTCHER & GROCERY SHOP, र GSD LAW सबैले $ ५००को दरले बराबरी रुपमा प्रायोजन गरेकाछन। प्रायोजक संकलन उप-समितिका अनुसार यसबाहेक मुल आयोजक संघसंस्थाहरुबाट पनि थप रकम सहयोग हुने बताए।

बिजयी टिमहरुलाई ट्रफी सहित स्वर्ण , रजत र कॉस्य पदक तथा प्रशंसा पत्र प्रदान गरिनेछ। प्रतियोगिताको अन्तिम दिन फाईनल खेलहरुको साथै बसेर खेलिने SITTING VOLLEYBALL पनि समावेस गरिनेछ।

प्रतियोगिता को अवधिभर र बिशेष गरि पुरुषकार बितरण कार्यक्रममा सहभागि हुन Luke Gosling, MP
Edwin Joseph(president of MCNT)
Hon Kate Worden (minister for sports and multicultural affairs) , Sarah Cannington ( president of Darwin volleyball Association), Luke Seib ( President of Volleyball NT) Kieran Langford ( Vice President of Australian Defence force Volleyball) जस्ता ब्यक्तित्वहरुलाई निमनत्रणा पठाईसकेको NANT अध्यक्ष यवाराज पन्त र NRNA NT संयोजक बिष्णु चाँपागाईले जानकारी दिएकाछन।

यस प्रतियोगिताबारे सामाजिक संजालमा प्रचार प्रसार हुनथालेपछि बिभिन्न क्षेत्रबाट सफलताको को शुभकामना हरु प्राप्त भएकोमा आयोजक हरु अझ बढि उत्साहित छन्। बिशेष गरि नेपाल ओलम्पिक कमिटीको उप अध्यक्ष तेज गुरुगं बाट भिडियो मार्फत सफलताको शन्देश प्राप्त हुदॉ कार्यक्रम सन्चालनमा थप हौसला मिलेको संयोजक चन्द्र प्रकाश गुरुगं बताउछन।

सुरुमा तोकिएको मितिमा प्रतियोगिता सन्चालन हुननपाउदा र पुन ब्यस्थापन गर्नु पर्दा सहभागि खेलाडि हरुलाई पर्न गएको अशुबिधा प्रति आयोजक क्षमा प्रर्थी रहेको र प्रतिकुल अवस्थामा पनि साथ दिदै अन्तिम तयारी सम्म जुटीरहने सहयेगीहरु प्रति आयोजक आभरी रहेको आयेजक मध्येका एक बाबुराम भट्टराई भन्नछन।

यस भलिबल प्रतियोगिता लगत्तै डार्विन मा नेपाल फेष्टिभल २०२२ हुदैछ । NRNA NT सह संयोजक तथा नेपाल फेष्टिभल आयोजना मुल समितिका संयोजक संजीव गोर्खालीको अनुसार यो भलिबल प्रतियोगिता सम्पन्न हुनासाथ आफुहरु नेपाल फेष्टिभलको तयारीमा जुट्नेछ र महत्सव लाई सफल पार्न सबैको सहयोगको अपेक्षा गरिएको छ।

डार्विनमा नेपाली समुदायको बिभिन्न कृयाकलापहरुको तारिफ सबैबाट भईरहेको छ। जुनसुकै कार्यक्रम हरुमा पनि सबै नेपाली मिलेर अघीबढेको देखिन्छ । FIRST MULTICULTURAL VOLLEYCUP 2022 ले पनि नेपाल, नेपाली र नेपाली संघसस्थाको पहिचान अझ उच्च बनाउन सघाउने छ भन्नेमा दुईमत छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP