सोमबार , बैसाख ८, २०८२

नेपाली क्रिकेट टोलीले युनाइटेड अरव इमिरेट्स (यूएई)मा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्ने भएको छ ।

नेपालले मार्चमा यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग त्रिदेशीय शृंखला खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार मार्चमा त्रिदेशीय शृंखला हुने भए पनि मितिको टुंगो नलागेको जनाएको छ । नेपालले खेल्ने शृंखला मार्च तेस्रो साता हुने सम्भावना रहेको बताइएको छ । नेपालले आईसीसी क्रिकेट क्रिकेट विश्वकप लिग–२ मा अहिलेसम्म दुईवटा शृंखलामात्र खेलेको छ । नेपालले ओमान र अमेरिकासँग २०२० मा काठमाडौं र गत असोजमा ओमानमा त्रिदेशीय शृंखला खेलेको थियो ।

आठ खेलबाट आठ अंक जोडेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । २२ खेलबाट २९ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । १२ खेलबाट १६ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । १६ खेलबाट १४ अंक जोडेको अमेरिका तेस्रो स्थानमा छ । ९ खेलबाट ११ अंक जोडेको यूएई चौथो स्थानमा छ । ९ खेलबाट १० अंक जोडेको नामिबिया पाँचौं स्थानमा छ । १२ खेलमा अंकविहीन रहेको पीएनजी सातौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP