सोमबार , बैसाख ८, २०८२

यू-१९ विश्वकपको उपाधि भारतले जितेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारतले उपाधि हात पारेको हो ।

१ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेटले गुमाउँदै पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धुले सार्वधिक ५४ रन जोडे । शेखर राशिदले ५० रन, हरनुर सिंहले २१ रन, कप्तान यश धुलले १७ रन, राज बावाले ३४ रन जोडे ।

इंग्ल्यान्डका लागि जोशुआ बोयडेन, थोमस एस्पिनवाल र जोम्स सेल्सले समान दुई-दुई वेकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड १ सय ८९ रनमा अल आउट भएको थियो । इंग्लान्डको लागि जेम्स रेवले सार्वधिक ९५ रन जोडेका थिए । उनले १ सय १६ बलमा १३ चौका प्रहार गरेका थिए ।

त्यस्तै जेम्स सेल्सले ३४ रन, जर्ज थोमसले २७ रन जोडे भने अन्यको प्रदर्शन सम्झन लायक रहेन । भारतका लागि राज बावाले ५ विकेट, राज कुमारले ४ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP