शुक्रबार , भाद्र १२, २०८३

बुटवल । प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनका विरुद्धमा नेपाली कांग्रेस निकट पेशागत संजाल र जनबर्गिाय संगठनहरुले बुटवलमा सांकेतिक प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत कांग्रेस पार्टीको शुभेच्छुक संस्थाहरुले प्रतिनिधि सभा विघटन विरुद्ध शनिबार देशभर प्रदर्शन गरेका हुन् ।

कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टीका १८ शुभेच्छुक संस्थाले बुटवलमा सरकार विरुद्ध प्रदर्शन गरे ।

बिहान बुटवलको राजमार्ग चौराहामा भेला भएका कांग्रेस भातृसंगठनका समर्थकहरुले राजमार्ग चौराहाबाट मिलनचौकसम्म प्रदर्शन गरेका थिए । उनीहरुले राजमार्ग चौराहदेखी मिलनचोक सम्म सडकको एकापट्टीको लेनमा मुखमा कालो माक्स लगाएर प्ले कार्ड र व्यानर सहित प्रदर्शन गरेका थिए।

कांग्रेसले संसद विघटनको विरुद्धको आन्दोलनलाई निश्क्रिय रहेका कार्यकर्ता परिचालनको माध्यम पनि बनाएको छ । यस अघि निर्वाचन क्षेत्र, पालिका हुंदै देशका सबै वार्डहरुमा प्रदर्शन गरेको कांग्रेसले आज शुभेच्छुक र जनवर्गिय संगठन परिचालन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP