सोमबार , अषोज २६, २०८३

काठमाडौं ।माघ २२ गते नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सी जलाइएपछि त्यसको विरोधमा चालकहरु आन्दोलित भएका छन् । शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले पेशागत सुरक्षाको माग गर्दै दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

‘नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज’ को ब्यानरमा भएको विरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको सरक्षण गर्न माग गरेका थिए । यस्तै शान्ति सुरक्षा फितलो भएको आरोप लगाउँदै आक्रोश पोखेका उनीहरुले आफूहरुलाई हाल आइपरेका विभिन्न समस्याबारे पनि ध्यानाकर्षक गराएका थिए ।

उनीहरुले टुटल पठाओ जस्ता सेवा बन्द गरिनुपर्ने, ट्याक्सी स्ट्यान्ड र शौचालयको व्यवस्था गरिनुपर्ने, कुनै पनि बहानामा सार्वजनिक सवारी साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने, ट्याक्सी व्यवसायीको लगानी सुरक्षित गर्नुपर्ने, यातायात क्षेत्रमा हुने गरेका गैरकानुनी धन्दा बन्द हुनुपर्ने जस्ता माग समेत गरेका थिए ।

आमहड्तालका क्रममा माघ २२ गते बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको थियो । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । सो आगजनीमा संलग्नलाई हालसम्म प्रहरीले कारबाहीको दायरामा ल्याउन सकेको छैन भने प्रचण्ड–नेपाल पक्षले आगजनीमा आफूहरुको संलग्नता नरहेको दावी गर्दै घुसपैठको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP