सोमबार , बैसाख ८, २०८२

नेपालले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा मरिससलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो मैत्रिपूर्ण खेलमा पनि नेपाल मंगलबार १–० ले विजयी भयो । यसअघि शनिबार भएको खेलमा पनि नेपाल १–० ले विजयी भएको थियो । मंगलबारको तनावपूर्ण खेलमा नेपालका लागि दशौं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए । त्यही गोल निर्णायक बन्यो । उनको यो नेपालका लागि तेस्रो गोल हो । आशिष लामाले प्रहार गरेको बलमा पेनाल्टी क्षेत्र भित्र रहेका पुजन उपरकोटीले उपलब्ध गराएको पासमा सुजलले गोल गरेका थिए ।

१३ औं मिनेटमा मरिससका कप्तान सोफीले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा पराजय भोग्न पुग्यो । उनको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर एवं प्लेयर अफ द म्याच किरण चेम्जोङले बचाए ।मध्यान्तरसम्म शान्तपूर्ण रहेको खेल मध्यान्तरपछि तनावपूर्ण बनेको थियो । जसका कारण नेपाल १० जनामा र मरिसस ९ जनामा समेटिएको थियो ।

खेलको ७० औं मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एद्रिन दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड देखाउँदै रेफ्री नविन्द्र महर्जनले मैदानबाट बाहिर पठाए ।

नेपाली फुटबल टिमका गोलकिपर प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्ड दिइयो । उनी खेल चलिरहँदा मैदानमा छिरेका थिए ।

८० औं मिनेटमा इमानुएलले दोहोरो पहेँलो कार्ड खाएर बाहिरिए । मरिसस ९ खेलाडीमा सीमित भयो । गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP