मंगलबार , अषोज २७, २०८३

नेपालले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा मरिससलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो मैत्रिपूर्ण खेलमा पनि नेपाल मंगलबार १–० ले विजयी भयो । यसअघि शनिबार भएको खेलमा पनि नेपाल १–० ले विजयी भएको थियो । मंगलबारको तनावपूर्ण खेलमा नेपालका लागि दशौं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए । त्यही गोल निर्णायक बन्यो । उनको यो नेपालका लागि तेस्रो गोल हो । आशिष लामाले प्रहार गरेको बलमा पेनाल्टी क्षेत्र भित्र रहेका पुजन उपरकोटीले उपलब्ध गराएको पासमा सुजलले गोल गरेका थिए ।

१३ औं मिनेटमा मरिससका कप्तान सोफीले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा पराजय भोग्न पुग्यो । उनको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर एवं प्लेयर अफ द म्याच किरण चेम्जोङले बचाए ।मध्यान्तरसम्म शान्तपूर्ण रहेको खेल मध्यान्तरपछि तनावपूर्ण बनेको थियो । जसका कारण नेपाल १० जनामा र मरिसस ९ जनामा समेटिएको थियो ।

खेलको ७० औं मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एद्रिन दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड देखाउँदै रेफ्री नविन्द्र महर्जनले मैदानबाट बाहिर पठाए ।

नेपाली फुटबल टिमका गोलकिपर प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्ड दिइयो । उनी खेल चलिरहँदा मैदानमा छिरेका थिए ।

८० औं मिनेटमा इमानुएलले दोहोरो पहेँलो कार्ड खाएर बाहिरिए । मरिसस ९ खेलाडीमा सीमित भयो । गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP