मंगलबार , अषोज २७, २०८३

अभिनेता नवानुद्दीन सिद्धीकी आइटमगर्ल रुपमा देखिने भएका छन् । सिद्धीकी फिल्म ‘टीकु वेड्ट शेरु’ मा आइटम गर्लको रुपमा देखिन लागेका हुन् । सिद्धीकीले फिल्मका लागि फन्नी महिलाको लुक्स बनाएका छन् ।​ सिद्धीकीको महिला लुक्स तस्बिर अभिनेत्री कंगना रनौटले सामाजिक संजाल मार्फत शेयर गरेकी छन् । जुन तस्बिर सामाजिक संजालमा अहिले भाइरल भइरहेको छ ।

तस्बिरका साथ कंगनाले लेखेकी छन्, ‘सो हट’ ।कंगनाले गत वर्ष फिल्म ‘टीकु वेड्ट शेरु’ घोषणा गरेकी थिइन् । जसको सुटिङ अहिले भइरहेको छ । कंगनाकै प्रोडक्सन हाउस मणिकर्णिका फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म साई कविरले निर्देशन गरिरहेका छन् ।

कंगनाको अभिनेता इरफान खानसँग यो फिल्म गर्ने इच्छा थियो । तर इरफानको निधन भएको कारण उनले नवानुद्दीनसँग काम गरेकी हुन् । फिल्ममा अवनीत कौरको समेत मुख्य अभिनय रहनेछ । अवनीत एक चर्चित टिभी अभिनेत्री हुन् । उनले यसै फिल्मबाट बलिउड डेब्यु गर्न लागेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP