मंगलबार , अषोज २७, २०८३

मरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबलका लागि नेपालको सुरुवाती ११ टोली घोषणा भएको छ ।

केहीबेरमा सुरु हुने खेलका लागि कप्तान किरणकुमार लिम्बुको नेतृत्वमा मुख्य प्रशिक्षक अब्दुल्लाह अत्मुताइरीले सुरुवाती ११ टोली घोषणा गरेका हुन् ।

नेपालको डिफेन्समा सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र नविन गुरुङ हुँदा मिडफिल्डको जिम्मा एरिक विष्ट, पुजन उपरकोटी र तेज तामाङले सम्हाल्नेछन् ।

यस्तै अञ्जन विष्ट, अनिश लामा र दर्शन गुरुङ फरवार्डमा रहनेछन् । मुख्य प्रशिक्षक अल्मुताइरीले ४–३–३ को फरमेसनमा टोली मैदान उतार्ने भएका छन् ।

यसअघि शनिबार भएको पहिला मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपालका लागि विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP