मंगलबार , बैसाख २९, २०८३

युक्रेनी सर्वसाधारणहरूको एक समूहले रुसबाट हुने आक्रमण रोक्नका लागि भन्दै काठको बन्दूक लिएर अभ्यास गरेका छन् । टेरिटोरियल डिफेन्स फोर्सेस नामक समूहले राजधानी किएभ नजिक बन्द भएको एक कारखानामा युद्धाभ्यास गरेका हुन् ।माइनस ६ डिग्री सेल्सियसमा भेला भएका मानिसहरूले काठबाट बनेको बन्दूकको प्रतिरूप र न्यानो कपडा लगाएर अभ्यास गरेका हुन् ।उनीहरूले कालाश्निकोभ असल्ट राइफलको काठे प्रतिरूप देखाउँदै फायरिङ पोजिसनको अभ्यास गरेका थिए ।

नतालिया नामक ४३ वर्षीया महिलाले भनिन्, ‘मसँग हतियार छैन र सैन्य पोशाक पनि छैन । तर, उनीहरू आउँदैछन् । खतराका बारेमा मलाई जानकारी छ । यो ठूलो जोखिम हो तर म देश र परिवारलाई रक्षा गर्न जुनसुकै काम गर्न पनि तयार छु । हामीमाथि आक्रमण भएमा हत्या गर्न पनि म तयार छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP