शुक्रबार , भाद्र १२, २०८३

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्धको खोप विद्यालय मै लगाउने भएको छ ।

खोप कार्यक्रमका लागि स्थानीय तहसँग समन्वय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले यसअघि खोप लगाउन छुटेका विद्यार्थीलाई आइतबारदेखि २० गतेभित्र खोप लगाइसक्न पनि भनेको छ ।खोप अभियानको लागि पाँच दिन विद्यालय खोल्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । यो अवधीमा पनि पढाइ भने वैकल्पिक विधिबाट गर्न मन्त्रालयले सुझाव दिएको छ ।

अहिले खोप अभियानको लागि मात्रै विद्यालय खोल्ने निर्णय गरिएकाले भौतिक रुपमा विद्यालय खोल्ने नखोल्ने भन्ने बारेमा भने निर्णय हुन बाँकी रहेको छ ।

सीसीएमसीको सिफारिसमा विद्यालय बन्द गर्ने निर्णय गरिएकाले सीसीएमसी कै सिफारिसमा मात्रै विद्यालय खोल्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।कोरोनाको सङ्क्रमण तीव्रगतिमा बढेपछि सरकारले गत पुस २५ गते सीसीएमसीको सिफारिसमा देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । तर निजी विद्यालय संगठनहरुले विद्यालय तत्काल खुलाउनुपर्ने माग गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP