सोमबार , बैसाख ८, २०८२

हिन्दु धर्ममा तुलसीको बिरुवालाई शुभ मानिन्छ । विष्णुको प्रिय र माता लक्ष्मीको अंश मानिने तुलसी धर्म र ज्योतिषका अलावा वास्तु शास्त्रमा पनि महत्त्वपूर्ण मानिन्छ ।

जुन घरमा तुलसीको वास हुन्छ, दैनिक पूजा गरिन्छ त्यहाँ सुख–समृद्धि रहने वास्तुको मान्यता छ । यस अलावा तुलसीले वातावरणमा सकारात्मकता समेत ल्याउने धार्मिक विश्वास छ । तर तुलसीको बारेमा केही नियम भने पालना गर्नु पर्ने हुन्छ ।– तुलसीलाई कहिल्यै पनि फोहोर हातले छुनु हुँदैन ।
– जुत्ता चप्पल लगाएर पनि तुलसी छुन नहुने धार्मिक मान्यता छ ।
– पवित्र मानिने भएकाले तुलसीलाई नुहाएर शुद्ध भएर मात्र छुनु पर्ने धार्मिक मान्यता छ ।
– यस्तै आइतबार र एकादशीमा तुलसीलाई पानी चढाउन नहुने धार्मिक मान्यता छ ।
– साथै हरेक साँझ तुलसीको बोट मुनी दियो बाल्नु पर्ने मान्यता छ ।

घरमा तुलसीको बिरुवा भए यसले घरका सदस्यको मात्र नभइ अन्य कैयौँ संकटबाट समेत बचाउने धार्मिक मान्यता छ । साथै तुलसीले भविष्यमा हुने शुभ–अशुभ घटनाको संकेत दिने समेत विश्वास गरिन्छ । तुलसीको बिरुवामा अचानक आएका परिवर्तन यसका संकेत हुन् ।

क) तुलसीको बोट मरे
घरको तुलसी अचानक मरेमा भविष्यमा समस्या आउने संकेत मानिन्छ । तसर्थ यस्तो भएमा तुरुन्तै मरेको तुलसी बोट उखेलेर नयाँ रोपी भगवान विष्णुको आराधना गर्नु पर्दछ ।

ख) नयाँ बिरुवा सुकेमा
यदि घरमा तुलसीको नयाँ बिरुवा रोपेको २ दिनमै सुकेमा यो पितृदोषको संकेत मानिन्छ । पितृ दोषका कारण घरमा झगडा हुने मान्यता रहकाले यी दुवै संकेत देखिए तत्काल पितृदोष निवारणको उपाय गर्नु पर्दछ ।

ग) तुलसी अचानक हरियो भएर आए
तुलसीको बिरुवा अचानक बढे वा हराभरा भएर आए यसलाई शुभ मानिन्छ । यसले सुखद घटनाको पूर्व संकेत दिने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP