मंगलबार , अषोज २७, २०८३

अमेरिका र चीनका परराष्ट्रमन्त्रीहरूबीच बिहीवार भएको फोनवार्तामा चीनले युक्रेनका विषयमा रुसको पूर्ण समर्थन गर्ने स्पष्ट पारेको छ ।

रुसलाई अलग्याउनका लागि चीनलाई फकाउन अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले फोन गरेको भए पनि चीनका परराष्ट्रमन्त्री वाङ यीले रुसको सुरक्षा चिन्तालाई अमेरिका र नेटोले सम्बोधन गर्नुपर्ने बताए ।

रुस र चीन यसरी झन् झन् नजिकिँदै जाँदा भारतीय विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् । भारत र चीनको सीमाविवाद चलिरहेको बेलामा चीन र रुसको निकटता भारतका लागि चिन्ताको विषय भएको विश्लेषकहरूले बताए ।

भारतले भारी मात्रामा रुससँग हतियार किनेर चीनविरुद्ध अघि सीमामा खडा भएको छ । भारतीय सेनाको लगभग ६० प्रतिशत हतियार रुसी मूलको छ ।

रुसको समर्थनविना भारतीय सेना पंगु हुने खतरा छ । त्यही जोखिमलाई विचार गर्दै भारतका विदेशसचिवले केही दिनअघि अमेरिकाकी परराष्ट्र राज्यमन्त्री वेन्डी शर्मनसँग कुराकानी गरेका थिए ।

भारतले रुस युक्रेन विवादमा आधिकारिक बयान जारी गरेको छैन । तर उसले घटनाक्रममा नजिकैबाट नजर लगाइरहेको छ ।

आमनेसामने भएका दुवै पक्षमा भारतका रणनीतिक सहयोगीहरू छन् । यस्तो स्थितिमा गलत कमदम चाल्दा जटिल कूटनीतिक सम्बन्ध थप बिग्रनेछ । भारतलाई रुसको शक्तिप्रदर्शनमा चिन्ता छ तर मस्कोसँगको सम्बन्ध संकटमा पार्न ऊ चाहँदैन ।

उता चीनसँगको तनावमा अमेरिकाले भारतलाई सहयोग गरिरहेको छ । त्यसैले ऊ सम्बन्धलाई धराप पार्ने पक्षमा छैन ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP