शनिबार , भाद्र १३, २०८३

एजेन्सी, १३ माघ । रुसले युक्रेनमाथि आक्रमण गरेमा समुन्द्रभित्र उसको ग्याँसपाइपलाइन भाँचिदिने भन्दै अमेरिकाले चेतावनी दिएको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले बाल्टिक समुन्द्रमुनी रहेको नोर्ड स्ट्रिम-२ भनिने ग्याँसपाइपलाइन भाँचिदिने चेतावनी दिएका हुन् ।

रुसले युक्रेनमाथि हमला गरेका रुसबाट जर्मनीमा ग्याँस लान बिछ्याइएको पाइपलाइन अगाडि बढ्न नदिने अमेरिकाको चेतावनीले युद्धको खतरालाई अझ बढावा दिएको छ । उक्त ग्याँस पाइपलाइनमार्फत् रुसले यूरोपमा प्रभाव बढाउन खोजेको भन्दै अमेरिकालगायत उसका मित्रशक्तिले आपत्ती जनाउँदै आएका छन् ।

पाइपलाइनबाट ग्याँस सुचारु भए जर्मनीले सस्तो मूल्यमा ग्याँस प्राप्त गर्नेछ । रुसले अरबौं डलर वर्षेनी आम्दानी बढाउनेछ । यसले अन्य यूरोपेली मुलुकहरु पनि रुससँग नजिकिने खतरा अमेरिकाले देखेको छ ।

नोर्ड स्ट्रिम-२

रुसले पुनः शक्ति आर्जन गर्दै नोर्ड स्ट्रिम भनिने ग्याँस पाइपलाइनमार्फत् यूरोपमा प्रभाव बढाउन खोजेको विषय उठाइएको छ । यो पाइपलाइनबाट अमेरिका र उसको मित्रशक्तिले खतरा देखेका छन् । यसलाई रोक्न अमेरिका निर्माण नहुँदै लागेको थियो तर रोकिएन । जर्मनीको पनि चाहना देखिएबाट बन्यो । तर, अझै सुचारु भएको छैन । अमेरिका यसलाई रोक्न खोजिरहेको छ ।

विशेषगरी समुन्द्री मार्गबाट जर्मनीसँग ग्याँस पाइपलाइन निर्माण गरेपछि रुस प्रभावशाली बन्यो । झन् सञ्चालनमा आएपछि प्रभाव बढाउने अमेरिकाको बुझाई छ । बाल्टिक समुन्द्रमुनीको १२३० किलोमिटर लामो उक्त पाइपलाइनले रुसलाई दोहोरो फाइदा पुग्ने देखिन्छ । उसले ग्याँस विक्री गरी प्रशस्त धनआर्जन गर्छन । अर्कोतर्फ, यूरोपमा गुमेको प्रभाव फर्काउन सक्छ । अर्कोतर्फ, अमेरिकालाई चुनौती बढ्छ । अमेरिकानिकट रहेको युक्रेनको अर्थतन्त्रमा असर पर्छ । अमेरिकाको मित्रशक्ति ऊबाट टाढिएर रुससँग नजिकिन पुग्ने अवस्था बन्न सक्छ ।

११ अर्ब डरल खर्चिएर निर्माण गरिएको पाइपलाइनबाट रुसको ग्याँस यूरोपमा सस्तो मूल्यमा पुग्दा युक्रेनले मात्र वार्षिक १ अर्ब २० करोड डलर वर्षेनी गुमाउने आँकलन गरिएको छ । यसकारण अमेरिकालगायत उसका मित्रशक्तिले रुसी पाइपलाइनलाई खतरा देखेका छन् ।

नोर्ड स्ट्रिम २ पाइपलाइनबाट पूरा ग्याँस आपूर्ति भएमा जर्मनीलाई अहिलेको भन्दा दोब्बर बढी ग्याँस पुग्नेछ । अर्कोतफ, रुसले २० प्रतिशतले मात्र यूरोपमा ग्याँस आपूर्ति बढाएमा ५० प्रतिशत मूल्य घटाउने भनेको छ । जर्मनी सस्तो मूल्यमा रुसको ग्याँस प्रयोग पाउने भएबाट उत्साही भएको छ ।-Photo Source: pipleinejournal.net

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP