मंगलबार , अषोज २७, २०८३

पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले बुवाको सम्झनामा अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएका छन् । गौचनको स्वामित्व रहेको स्टार क्रिकेट एकेडेमीको आयोजनामा शक्तिका बुवा खड्ग प्रसादको स्मृतिमा ‘खड्गप्रसाद गौचन स्मृति अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ हुन लागेको हो ।

आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा शक्तिले चौथो संस्करणका रुपमा फागुन १ देखि १३ गतेसम्म हुने प्रक्रियागत गर्ने बताएका छन् । उक्त प्रतियोगितामा मुलुकभरका १० क्रिकेट एकेडेमीहरु सभागी हुने छन् ।

उनले तल्लो तहबाटै राम्रो र दक्ष खेलाडी उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले बुवाको स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको उनको भनाइ छ । प्रतियोगितामा विजयी टीमले नगद २० हजार र ट्रफी प्राप्त गर्ने छन् । यस्तै, उपविजेतालाई १० हजार रुपैयाँ प्रदान गरिने छ । अहिलेसम्म प्रतियोगितामा स्टार क्रिकेट एकेडेमीसहित धनगढी, साई ग्लोबल, देउखुरी, विराटनगर, ओषिस, पोखरा, काशी नोबल एकेडेमी र न्यु होरोइजन स्पोर्टस् क्लबको सहभागिता रहने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP