मंगलबार , अषोज २७, २०८३

सुदूरपश्चिमका चार जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भएको पुष्टि भएको छ । १६ दिनअघि गौरिफन्टा नाका हुँदै भारतबाट नेपाल आएका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव पठाइएकोमा मंगलबार मात्रै ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका दुई, बझाङ र डोटीका एक÷एकजनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण सङ्क्रमण पुष्टि भएको हो । कार्कीका अनुसार कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पूर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो ।

चारैजनाको अहिले खोजी भइरहेको प्रवक्ता कार्कीले बताए । ‘गौरिफन्टा नाकामा १६ दिनअघि कोरोना पुष्टि भएका उनीहरूले होम आइसोलेसन रोजेपछि घर जान दिइएको थियो,’ उनले भने, ‘तर उनीहरू अहिले कुन अवस्थामा कहाँ छन् भन्ने यकिन छैन, स्थानीय तहको समन्वयमा खोजी कार्य भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP