मंगलबार , बैसाख २९, २०८३

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन यतिबेला विश्वका अधिकांश देशहरूमा फैलिसकेको छ । अहिले ओमिक्रोनकै नयाँ सब स्ट्रेन बीए.२ ले विश्वका लागि तनाव सिर्जना गरिरहेको छ । ओमिक्रोनकै यस नयाँ भेरियन्टलाई आरटी पीसीआरबाट पनि पत्ता लगाउन नसकिने भएका कारण थप तनाव दिएको हो । त्यसैले बीए.२ लाई ‘स्टेल्थ ओमिक्रोन’ पनि भनिएको छ ।

यो नयाँ सब भेरियन्ट भारतसहित विश्वका ४० देशमा फैलिसकेको छ । यो अब विश्वका बाँकी देशहरूमा पनि चाँडै पुग्ने अनुमान गरिएको छ । यसले विश्वमा थप भयावह लहर ल्याउन सक्ने खतरा पैदा गरेको छ । विश्व स्वास्थ्य संगठनले २०२१ नोभेम्बर २६ मा ओमिक्रोन अर्थात् बी.१.१.५२९ लाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको थियो ।

संगठनका अनुसार ओमिक्रोनको बीए.१, बीए.२ र बीए.३ गरी तीन सब भेरियन्ट रहेका छन् । २३ डिसेम्बर २०२१ सम्म जीन सिक्वेन्सिङमा ओमिक्रोनको ९९ प्रतिशत केसमा बी.१ पाइएको थियो । तर पछिल्लो समयमा ओमिक्रोनको दोस्रो सब भेरियन्ट बीए.२ तीव्र रुपमा फैलिरहेको पाइएको छ । बेलायतको हेस्थ सेक्युरिटी एजेन्सीले ओमिक्रोनको सब भेरियन्टलाई ‘भेरियन्ट अन्डर इन्भेस्टिगेसन’ मा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP