शनिबार , भाद्र १३, २०८३

इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि नेपालबाट १५ खेलाडी दर्ता भएका छन्। आईपीएलले जारी गरेको नयाँ सूचि अनुसार नेपालबाट १५ खेलाडीसहित एसोसिएट देशबाट ४१ जना खेलाडीको नाम दर्ता छ।

आईपीएल २०२२ का लागि कूल १२१४ खेलाडी दर्ता भएका छन्। जसमा क्याप्ड खेलाडी २७०, ९०३ अनक्याप्ड र ४१ एसोसिएट खेलाडी रहेको आईपीएलले जनाएको छ।

आईपीएलमा १० फ्रेन्चाइजी रहेका छन् जसले बढीमा २५ खेलाडी राखेको खण्डमा २१७ खेलाडी अक्सनबाट लिइँदा ७० जना सम्मविदेशी खेलाडीले स्थान बनाउन सक्नेछन्। कुल ३१८ विदेशी खेलाडीले नाम दर्ता गराएका छन्।

यता नेपाल क्रिकेट संघ (क्यान)ले संघले १५ जना खेलाडी दर्ता गरेको जनाएको छ।

यी हुन आईपीएलको २०२२ अक्सनका लागि दर्ता भएका नेपाली खेलाडी

आशिफ शेख

पवन सर्राफ

सुन्दिप जोरा

कुशल भुर्तेल

रोहित पौडेल

शुसन भारी

आरिफ शेख

अभिनास बोहोरा

बिनोद भण्डारी

शरद भेषवाकर

कुशल मल्ल

करण केसी

सोमपाल कामी

दीपेन्द्रसिंह ऐरी

सन्दीप लामिछाने

कुन देशबाट कति जना?

अफगानिस्तान २०, अस्ट्रेलिया ५९, बंगलादेश ९, इङ्ग्ल्याण्ड ३०, आयरल्याण्ड ३, न्युजिल्याण्ड २९, साउथ अफ्रिका ४८, श्रीलंका ३६, वेस्ट इण्डिज ४१, जिम्बावे २, भुटान १, नामिबिया ५, नेपाल १५, नेदरल्याण्ड १, ओमन ३, स्कटल्याण्ड १, यूएई १, युएसए १४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP