मंगलबार , बैसाख २९, २०८३

युक्रेनमा रुसको हमला रोक्नका लागि सम्भवतः अन्तिम कुटनीतिक कोसिस सुरु भइसकेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी व्लिन्कन यूक्रेनको राजधानी किभ जादैछन् । यहाँबाट उनी सीधै जेनेभा प्रस्थान गर्नेछन् । यहाँ रुसी विदेश मन्त्री सर्गेइ लाभारोभ उनको प्रतिक्षामा हुनेछन् ।

दुवै नेताले युक्रेनको विषयमा कुराकानी गर्नेछन् । यसअघि बेलायतले यूक्रेनलाई एन्टी ट्याङ्क बिरोधी हतियार पठाइसकेको छ । क्यानडाले पनि आफ्नो एक प्याराट्रूपर रेजिमेट किभमा पठाउन थालेको छ । पश्चिमी देश सबै रुसले युक्रेनमाथि गर्न सक्ने सम्भावित हमला रोक्न चाहन्छन् ।

यसैबीच रुसी सेना अब बेलारुस पुगेका छन् । नेटो र अमेरिकालाई रुसले पठाएको सेना बेलारुसको जमिन प्रयोग गरेर युक्रेनमाथि हमला गर्नका लागि हुन सक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि रुसले यी सबै कुराप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।

भ्रमण

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले रुसले यूक्रेनमा हमला गर्नबाट रोक्नका लागि एक किसिमबाट अन्तिम कुटनीतिक मिसन सुरु गरिसकेका छन् । ब्लिङ्कन यूक्रेनको राजधानी किभ पुगिसकेका छन् ।
यहाँ उनले राष्ट्रपति भ्लादिमिर जेलेस्कीसँग भेटघाट गर्नेछन् । यसपछि उनी बर्लिन पुग्नेछन् । यसपछि मात्रै उनी जेनेभा जानेछन् , जहाँ उनले अमेरिकी विदेश मन्त्रीसँग भेटघाट गर्नेछन् ।

न्यूयोर्क टाइम्सका अनुसार व्लिकनले रुसलाई यूक्रेनमा हमला नगर्नका लागि सीधा सन्देश दिनेछन् । उनले तनाव कम गर्न पनि सन्देश दिनेछन् । उनले यूक्रेनको सीमा रहेका रुसी सेनालाई सीधै फिर्ता जान आग्रह समेत गर्ने बताइएको छ ।

जुनसुकै समयमा हमला

ब्लिङ्कन जनेभा पुग्नु पहिले ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले भनिन्, ‘हामीलाई लाग्छ कि रुस कुनै पनि समयमा यूक्रेनमाथि हमला गर्न सक्छ । अमेरिका यो मामिलालाई कुटनीतिक तरिकाबाट सुल्झाउन चाहन्छ ।’
अर्कातिर रुसका एक वरिष्ठ कुटनीतिज्ञले ब्लिङ्कन–लाभरोभको प्रस्तावित कुराकानीको विषयलाई लिएर आशा गर्न नसकिने बताएका छन् । उनले भने, ‘अब कुनै किसिमको सम्झौताको गुञ्जायस नै छैन । तर अमेरिका कुराकानी गर्न चाहन्छ भने हामी एक मौका दिन्छौ ।’

रुसको नयाँ चाल

यसैबीच पुटिन सरकारले आफ्ना सयौँ सैनिक बेलारुस पठाएको छ । त्यसैले रुसले यूक्रेनमाथि आफ्नो मुलुकबाट हमला नगरिकन बेलारुसबाट हमला गर्न सक्ने आशंका व्यक्त गरिएको छ । यो सँग जुझ्न यूक्रेन पनि तयारी गरिरहेको छ ।

एक अमेरिकी अधिकारीले भने, ‘रुसी सैनिक बेलारुस पुगेको समय अत्यन्तै महत्वपूर्ण छ ।’

यद्यपि रुसले भने आफ्ना सेना सैन्य अभ्यासका लागि बेलारुस पुगेको बताएको छ । बेलारुस पुगेका सैनिकको संख्या १३ हजार छ ।

रुसको ढाँचाकाँचा अमेरिका र नेटोले अत्यन्त नजिकबाट नियालिरहेका छन् । जवाफी तयारी पनि सुरु भइसकेको छ ।
हाल। अमेरिकाका सयोगीले यूक्रेनलाई सहयोग गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP