शनिबार , भाद्र १३, २०८३

भारतविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत बुधबारको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिका ३१ रनले विजयी भएको छ । २९७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ५० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाएर २६५ रन मात्र बनाउन सक्यो ।

उसका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेले । सर्वाधिक ७९ रनको योगदान दिएका धवनले ८४ बलमा १० चौका प्रहार गरे । कोहलीले ६३ बलमा ३ चौकाको मद्दतले ५१ रन जोडे ।

५० रनमा अविजित रहेका ठाकुरले ४५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । उसका लुंगी एनगिडी, ताबरेज शाम्सी र एन्डिले फेहलुकवायोले दुई/दुई, एडेन माक्रम र केशव महाराजले एक/एक विकेट लिए ।

त्यसअघि बोल्यान्ड पार्क पार्लमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । उसका लागि रस्सी भान डेर डुसेन र कप्तान टेम्बा बाभुमाले शतकीय पारी खेले । डुसेन ९६ बलमा ९ चौका र ४ छक्कासहित १२९ मा अविजित रहे । ११० रन बनाएका बाभुमाले १४३ बलमा ८ चौका प्रहार गरे । क्विनटन डि ककले २७ रन जोडे ।

चौथो विकेटका लागि डुसेन र बाभुमाले २०४ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई बलियो योगफलसम्म पुर्याएका थिए । भारतका लागि जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट हात पार्दा १ विकेट रन आटका रूपमा प्राप्त भयो

यो जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP