शनिबार , भाद्र १३, २०८३

टोङ्गामा विस्फोट भएको शक्तिशाली ज्वालामुखी र त्यसले उत्पन्न गराएको सुनामीले प्रशान्त महासागरको उक्त टापुराष्ट्रमा ठूला क्षतिहरू भएका छन्।

घरहरू ध्वस्त हुनुका साथै कैयौँ बस्तीहरू बाक्लो खरानीले ढाकिएका छन्।

टोङ्गा सरकारले यस अवस्थालाई ‘अभूतपूर्व विपद्’ भनेको छ। टोङ्गासँगको सञ्चारसम्पर्क गर्ने सञ्जाल नराम्ररी बिग्रिएको छ।

भूउपग्रह र आकाशबाट खिचिएका तस्बिरले क्षतिको आकार देखाएका छन्।

समुद्रमुनि तार रहेको उक्त टापुसँगको एउटा मात्र सञ्चार सञ्जालमा विस्फोटनपछि क्षति पुगेको छ।

मुख्य द्वीप टोङ्गामा रहेको राजधानी नुकु’आलोफाको बन्दरगाहा नराम्ररी ध्वस्त भएको छ भने तटीय क्षेत्रका कैयौँ भवनहरू भत्किएका छन्।

नजिकैको हुङ्गा टोङ्गा -हुङ्गा-हा’आपाई ज्वालामुखी विस्फोट भएपछि उत्पन्न सुनामी टापुमा ब्रजिँदा त्यस्तो क्षति भएको ठानिएको छ।

नुकु’आलोफामा नराम्रो क्षति भए तापनि आसपासका टापुमा भने असर पुगेको देखिँदैन।

संयुक्त राष्ट्रसङ्घले टोङ्गा टापुको पश्चिमी तटतर्फका भवनमा निकै क्षति पुगेको जनाएको छ।

पन्ध्र मिटरसम्मका अग्ला छालहरूले शनिवार ती क्षेत्रमा असर पारेका थिए।

त्यहाँका बासिन्दाहरू अस्थायी केन्द्रमा बसेका छन्।

अहले उत्तरी टोङ्गा टापुको होचो भूभागमा रहेका मानिसबारे चिन्ता व्यक्त गरिएको छ।टोङ्गाका अधिकारीहरूका अनुसार ५० जनाको बसोबास रहेको एउटा टापुका सबै घरहरू ध्वस्त भएका छन् भने अर्को टापुमा दुईवटा घर मात्र बाँकी रहेका छन्।

अन्य टापुमा पनि उल्लेख्य क्षति पुगेको अधिकारीहरूको भनाइ छ।

टोङ्गाका लागि मुख्य विमानस्थलको रूपमा रहेको टोङ्गाटापु फुआ’आमोटु अन्तर्राष्ट्रिय विमानस्थलबाट खरानी हटाउने प्रयास भइरहेको छ।

राहत भित्र्याउनका लागि महत्त्वपूर्ण मानिने उक्त विमानस्थल सञ्चालनमा ल्याउनका लागि स्वयंसेवकहरू खटिएका छन्।

अस्ट्रेलियाले ठूला सैन्य विमानहरू अवतरण गर्नका लागि खरानीहरू हटाउनैपर्ने बताएको छ।

न्यूजील्यान्डले दुईवटा पानीजहाजमा पानी, अनुगमनकर्ता र एउटा हेलिकप्टर उक्त टापुराष्ट्रतर्फ पठाएको छ।

शनिवार ज्वालामुखी विस्फोट भएको हुङ्गा टोङ्गा -हुङ्गा-हा’आपाईमा निकै कम क्षेत्र मात्र पानीमा नडुबेको भूउपग्रहबाट खिचिएका तस्बिरमा देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP