शुक्रबार , बैसाख २६, २०८२

टोङ्गामा विस्फोट भएको शक्तिशाली ज्वालामुखी र त्यसले उत्पन्न गराएको सुनामीले प्रशान्त महासागरको उक्त टापुराष्ट्रमा ठूला क्षतिहरू भएका छन्।

घरहरू ध्वस्त हुनुका साथै कैयौँ बस्तीहरू बाक्लो खरानीले ढाकिएका छन्।

टोङ्गा सरकारले यस अवस्थालाई ‘अभूतपूर्व विपद्’ भनेको छ। टोङ्गासँगको सञ्चारसम्पर्क गर्ने सञ्जाल नराम्ररी बिग्रिएको छ।

भूउपग्रह र आकाशबाट खिचिएका तस्बिरले क्षतिको आकार देखाएका छन्।

समुद्रमुनि तार रहेको उक्त टापुसँगको एउटा मात्र सञ्चार सञ्जालमा विस्फोटनपछि क्षति पुगेको छ।

मुख्य द्वीप टोङ्गामा रहेको राजधानी नुकु’आलोफाको बन्दरगाहा नराम्ररी ध्वस्त भएको छ भने तटीय क्षेत्रका कैयौँ भवनहरू भत्किएका छन्।

नजिकैको हुङ्गा टोङ्गा -हुङ्गा-हा’आपाई ज्वालामुखी विस्फोट भएपछि उत्पन्न सुनामी टापुमा ब्रजिँदा त्यस्तो क्षति भएको ठानिएको छ।

नुकु’आलोफामा नराम्रो क्षति भए तापनि आसपासका टापुमा भने असर पुगेको देखिँदैन।

संयुक्त राष्ट्रसङ्घले टोङ्गा टापुको पश्चिमी तटतर्फका भवनमा निकै क्षति पुगेको जनाएको छ।

पन्ध्र मिटरसम्मका अग्ला छालहरूले शनिवार ती क्षेत्रमा असर पारेका थिए।

त्यहाँका बासिन्दाहरू अस्थायी केन्द्रमा बसेका छन्।

अहले उत्तरी टोङ्गा टापुको होचो भूभागमा रहेका मानिसबारे चिन्ता व्यक्त गरिएको छ।टोङ्गाका अधिकारीहरूका अनुसार ५० जनाको बसोबास रहेको एउटा टापुका सबै घरहरू ध्वस्त भएका छन् भने अर्को टापुमा दुईवटा घर मात्र बाँकी रहेका छन्।

अन्य टापुमा पनि उल्लेख्य क्षति पुगेको अधिकारीहरूको भनाइ छ।

टोङ्गाका लागि मुख्य विमानस्थलको रूपमा रहेको टोङ्गाटापु फुआ’आमोटु अन्तर्राष्ट्रिय विमानस्थलबाट खरानी हटाउने प्रयास भइरहेको छ।

राहत भित्र्याउनका लागि महत्त्वपूर्ण मानिने उक्त विमानस्थल सञ्चालनमा ल्याउनका लागि स्वयंसेवकहरू खटिएका छन्।

अस्ट्रेलियाले ठूला सैन्य विमानहरू अवतरण गर्नका लागि खरानीहरू हटाउनैपर्ने बताएको छ।

न्यूजील्यान्डले दुईवटा पानीजहाजमा पानी, अनुगमनकर्ता र एउटा हेलिकप्टर उक्त टापुराष्ट्रतर्फ पठाएको छ।

शनिवार ज्वालामुखी विस्फोट भएको हुङ्गा टोङ्गा -हुङ्गा-हा’आपाईमा निकै कम क्षेत्र मात्र पानीमा नडुबेको भूउपग्रहबाट खिचिएका तस्बिरमा देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP