मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलिया पढ्न जाने नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीहरु र ‘वर्किङ होलिडे’मा जानेहरुका लागि अस्ट्रेलिया सरकारले भिसा शुल्क छुट गरिदिएको छ । यो नयाँ नियम आज बुधबारबाटै लागू हुँदैछ । अस्ट्रेलियाको आर्थिक स्रोतको ठूलो हिस्सा ओगट्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आकर्षित गर्न र देशमा पछिल्लो समय भइरहेको कामदारको अभाव पूर्ति गर्नको लागि संघीय सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले बुधबार बिहान गरेको यो घोषणा पहिल्यै अस्ट्रेलियाको भिसा पाउन योग्य भएर अस्ट्रेलिया प्रवेश गर्न बाँकी रहेका करिब १ लाख ५० हजार अन्तर्राष्ट्रिय विद्यार्थी र २३ हजार ५ सय ‘वर्किङ होलिडे’मा जानेहरुका लागि लक्षित गरिएको सिड्नी मर्निङ हेराल्डले आफ्नो एक रिपोर्टमा जनाएको छ । यसअघि अस्ट्रेलिया प्रवेश गर्नको लागि विद्यार्थीहरुले ६३० अस्ट्रेलियन डलर (५४ हजार नेपाली रुपैयाँ) र ‘वर्किङ होलिडे’मा जानेहरुले ४९५ अस्ट्रेलियन डलर (४३ हजार नेपाली रुपैयाँ) भिसा शुल्क तिर्नुपर्ने नियम थियो ।

यो छुट विद्यार्थीहरुको लागि आज बुधबारदेखि सुरु भएर आगामी ८ हप्तासम्म लागू रहनेछ । ‘वकिङ होलिडे’मा जानेहरुले भने आजदेखि आगामी १२ हप्तासम्म यो छुट पाउनेछन् । प्रधानमन्त्री मोरिसनले यो अफर विद्यार्थीहरुलाई अस्ट्रेलियालाई नै रोजेर त्यहाँ पढ्न गएवापत ‘धन्यवाद’को रुपमा ल्याइएको बताए । कोभिड–१९ आइसोलेसन नियमका कारण अस्ट्रेलियामा उद्योग र व्यवसाय धराशायी भएको छ र यहाँ सप्लाइ चेनमा ठूलो समस्या आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP