मंगलबार , अषोज २७, २०८३

पछिल्लो समय युक्रेनलाई लिएर पश्चिमी मुलुक र रुसबीचको तनाव उत्कर्षमा पुगेको छ । तनाव उत्कर्षमा पुगेका बेला बेलायतले युक्रेनमा आत्मरक्षाका लागि छोटो दूरीका ‘एन्टीट्याङ्क’ क्षेप्यास्त्र पठाउने बताएको छ । त्यस्तै, क्यानडाले समेत विशेष फौज पठइसकेको छ ।

रुसले युक्रेनी सीमा नजिकै झण्डै १ लाख फौज तैनाथ गरेको भन्दै पश्चिमी मुलुकले रुसको आलोचना गर्दै आएका छन् । तर रुसले भने अमेरिकासहितका पश्चिमी मुलुकमाथि आफ्नो सीमा नजिकै नेटो फौजको उपस्थिति बढाउन खोजिरहेको आरोप लगाएको छ ।

जारी आरोप-प्रत्यारोपबीच बेलायतका रक्षामन्त्री बेल वालेसले सीमाना नजिकै झण्डै १ लाख रुसी फौज तैनाथ गरिएको हुँदा युक्रेनको आत्मरक्षाका लागि छोटो दूरीका एन्टिट्याङ्क मिसाइल पठाउने बताएका छन् । ‘युक्रेनसँग आफ्नो सीमा रक्षा गर्ने सबै खाले अधिकारी छ’, वालेसले भने, ‘सहायताको नयाँ प्याकेजले आत्मरक्षा गर्ने युक्रेनको क्षमता थप अभिवृद्धि गर्छ ।’

त्यस्तै, तालिम दिन सानो संख्यामा बेलायती फौज समेत पठाइने समेत वालेसको भनाइ छ । बेलायतले सोमबार हल्का खाले एन्टिट्याङ्क हतियारको पहिलो लट पठाउन लागेको वालेसले बताए । तर उनले कस्तो प्रकारको हतियार पठाउने भनेर केही खुलाएनन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै रक्षामन्त्री वालेसले युक्रेनमाथि हमला गर्न रुसी फौज प्रयोग हुन सक्ने कारणले ‘वैध एवं वास्तविक चिन्ता’ उत्पन्न भएको पनि बताए । तर रुसले भने युक्रेनमा हमला गर्ने कुनै योजना नभएको भन्दै पश्चिमी मुलुकमाथि नै हस्तक्षेपको आरोप लगाएको छ ।

सन् २०१५ देखि नै युक्रेनमा त्यहाँको सुरक्षा बललाई तालिम दिन भन्दै दर्जनौं बेलायती फौजको उपस्थिति रहँदै आएको छ । रुसले २०१४ मा क्राइमियालाई आफूमा गाभेपछि बेलायतले युक्रेनको जलसेनालाई पुनर्सुदृढीकरण गर्ने प्रतिबद्धता समेत जनाइसकेको छ ।

यसबाहेक, क्यानडाले युक्रेनमा विशेष फौजको एक टोली पठाइसकेको ग्लोबल न्युजले जनाएको छ । क्यानडाले पठाएको विशेष फौजले युक्रेनी सरकारलाई सहयोग गर्ने तरिका पहिचान गर्ने र रुसले व्यापक प्रकारको हमला गरेको अवस्थामा क्यनडाका कुटनीतिक कर्मचारीलाई स्वदेश ल्याउन सघाउने समाचारमा उल्लेख छ ।

क्यानडाकी विदेशमन्त्री मेलानी जोली र युक्रेनका प्रधानमन्त्री डेनिस स्यामाइगलबीच सोमबार किएभमा भएको भेटवार्तापछि विशेष फौज पठाएको समाचार आएको हो । उक्त भेटघाटका क्रममा रुसको आक्रामक व्यवहार रोक्ने उपायबारे कुराकानी भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP