मंगलबार , अषोज २७, २०८३

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतमा रहेका ७८ वटा अस्पतालमा कोभिड–१९ केअर यूनिट सञ्चालन गरी कोरोना भाइरस संक्रमण भएका बिरामीलाई निःशुल्क उपचारको प्रबन्ध गरिएको बताएको छ।

तिनमा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र केन्द्रका अस्पतालहरू समाविष्ट छन्। अहिले देशभरि संक्रमण पुष्टि हुने बढिरहेको सरकारको तथ्याङ्कले देखाउँछ।

अहिले फेला पर्ने नयाँ संक्रमित तथा देशभरि भएका सक्रिय संक्रमित मध्ये काठमाडौं उपत्यकामा हुनेको सङ्ख्या आधाभन्दा बढी छ। आइसोलेशन सेन्टर तथा अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या पनि बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

अहिले ३० हजारभन्दा बढी सक्रिय संक्रमितमध्ये सोमबारसम्म सरकारले तोकेका आइसोलेसन सेन्टर र अस्पतालमा भर्ना भएकाले बिरामीको सङ्ख्या १,१०० भन्दा बढी छ। सोमबार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार अहिले १३९ जना आईसीयू र २६ जना भेन्टिलेटरमा भएको मन्त्रालयले बताएको छ।

सरकारले तोकेका अस्पताल वा आइसोलेशन सेन्टरमा निशुल्क सेवा लिनका लागि बिरामीमा कोभिड पुष्टि भएको हुनुपर्छ। त्यसरी संक्रमित भएर आइसोलेशनमा बस्न जाने वा उपचार गर्ने बिरामी सरकारले तोकेका अस्पतालमा गए उनीहरूको उपचार निशुल्क हुनेगरी हालै मन्त्रिपरिषदले निर्णय गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

संक्रमण पुष्टि भएका व्यक्तिले निशुल्क रूपमा आइसोलेशनको सेवा पाउन सक्नुहुन्छ भने केही व्यक्ति अलि स्वास्थ्य जटिलता भएर अस्पताल जानुपर्‍यो भने सरकारी अस्पतालको हकमा निशुल्क हुने व्यवस्था गरिएको छ,’उनले भने।

नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमीक्रोन देखा परेपछि संक्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेका बेला सरकारले विगतमा जस्तै कोभिड भएका बिरामीको उपचार निशुल्क गर्ने निर्णय यसै साता गरेको हो। संक्रमितको सङ्ख्या बढ्दै गएमा निस्शुल्क सेवा दिने अस्पतालको सङ्ख्या विस्तार गरिने मन्त्रालयले जनाएको छ।

कहाँ पाइन्छ निःशुल्क उपचार ?

सरकारले काठमाडौं उपत्यकामा रहेका अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर, एम्बुलेन्सको उपलब्धताबारे जानकारी लिनका लागि स्वास्थ्य मन्त्रालयको ११३३ हटलाइन नम्बरमा जानकारी दिन सकिने जनाएको छ।

यस्ता छन्, निशुल्क उपचार पाउने अस्पताल

प्रदेश नं १

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
कोशी अस्पताल
मेची अस्पताल
इलाम अस्पताल र
जिल्ला अस्पतालसहित १४ वटा अस्पताल

मधेश प्रदेश (प्रदेश नं २)

नारायणी अस्पताल
प्रादेशिक अस्पताल जनकपुर
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजसहित सात अस्पताल

बागमती प्रदेश

वीर अस्पताल
सिभिल अस्पताल
शिक्षण अस्पताल महारागन्ज
शहीद गङ्गालाल मुटु रोग अस्पताल
जनमैत्री अस्पताल
किस्ट अस्पताल
नेपाल मेडिकल कलेज
धुलिखेल अस्पताल
भक्तपुर अस्पताल
नेपाल कोरिया मैत्री हस्पिटल
नेपाल प्रहरी अस्पताल
श्री वीरेन्द्र अस्पताल
मनमोहन अस्पताल
सशस्त्र प्रहरी बल अस्पताल
राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान केन्द्र
आनन्दवन अस्पताल
मानसिक अस्पताल
चापागाउँ अस्पताल
शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण अस्पताल र
पाटन अस्पताल

गण्डकी प्रदेश

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
सङ्क्रामक रोग अस्पताल कास्की
धौलागिरि अञ्चल अस्पताल
मध्यबिन्दु अस्पताल
बेनी अस्पताल र
दमौली अस्पताल

लुम्बिनी प्रदेश

लुम्बिनी प्रादेशिक अस्पताल
भेरी अस्पताल
बेलझुन्डी कोभिड विशेष अस्पताल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
नेपालगन्ज सैनिक अस्पताल र
कपिलवस्तु अस्पतालसहित आठवटा अस्पताल

कर्णाली प्रदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रदेशका सबैजसो जिल्ला अस्पताल

सुदूरपश्चिम प्रदेश

सेती प्रादेशिक अस्पताल, धनगढी
महाकाली अस्पताल,
टीकापुर अस्पताल
डडेलधुरालगायत सबैजसो जिल्ला अस्पताल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP