शनिबार , भाद्र १३, २०८३

बायर्न म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की सन् २०२१ को बेस्ट फिफा अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । ६९ गोल गरेका ३३ वर्षीय खेलाडीले लगातार दोस्रो वर्ष यो उपाधि जितेका हुन् ।

उनले लिभरपुलका मोहमद शलाह र पेरिस सेन्ट जर्मेनका लियोनेल मेस्सीलाई पछि पारे । लेवान्डोस्कीले हालैमात्र गर्ड मुलरको बुन्डेस लिगामा एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने ४९ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए । उनले ३४ खेलमा ४३ गोल गर्न सफल भएका थिए ।

चेल्सीलाई च्याम्पिन्स लिगको उपाधि दिलाएका प्रशिक्षक थोमस टुकलले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते । चेल्सीकै एडुवार्ड मेन्डी उत्कृष्ट गोलकिपर बने । डेनमार्कको राष्ट्रिय टोलीले बेस्ट फिफा फेयर प्ले अवार्ड पायो भने इमा हेयस वर्षको उत्कृष्ट महिला खेलाडी चुनिइन् ।

उता रोनाल्डोलाई सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता भएको अवसरमा विशेष अवार्ड दिइएको थियो । एरिक लामेलाले उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP