सोमबार , बैसाख ८, २०८२

देव खलानको अर्धशतक तथा अनिल खरेलको चार विकेटप्रेरित लुम्बिनी प्रदेशले आइतबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पाँच विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गण्डकीले १९.१ ओभरमा सबै विकेट गुमाएर १०४ रन बनाएको थियो । १०५ रनको लक्ष्य लुम्बिनीले १३.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । प्रतियोगतामा लुम्बिनीको दोस्रो पहिलो जित हो । गण्डकी भने जितविहीन बनेर प्रतियोगिताबाट बाहिरिएको छ । चार खेलबाट चार अंक जोडेको लुम्बिनी तेस्रो स्थानमा छ । समूह ‘बी’ एपीएफले सतप्रतिशत नतिजा निकाल्दै समेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । वाग्मती प्रदेश दोस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीले सेमिफाइनलमा स्थान बनाएको छ ।

गण्डकीका लागि पनि अनिल गुरुङले ५० रन बनाएका थिए । उनले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । विशाल पौडेलले १६, विधान श्रेष्ठले १४ र गोबिन्द बिकले १२ रन बनाउनुबाहेक अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् । गण्डकीका पाँच ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् ।

लुम्बिनीका अनिल खरेलले चार ओभरमा १५ रन दिएर चार विकेट लिए । कृष्ण कार्की र दिपेन्द्र रावतले समान दुई विकेट लिए । दुर्गा गुप्ता र तुलबहादुर थापाले एक एक विकेट लिए ।

लुम्बिनीका देब खनालले २६ बलमा १० चौका र एक छक्कासहित ५६ रन बनाए । सुशान्त थापाले २६ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । गण्डकीका सुवास भण्डारीले तीन विकेट लिँदा विशाल पौडेल र अशोक श्रेष्ठले एक एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP