मंगलबार , बैसाख २९, २०८३

संसारमा एलियन्सको अस्तित्वको बारेमा धेरै दाबीहरू गरिएका छन् ।

एलियन्सबारे वैज्ञानिकहरूको राय पनि समान छैन । एलियन्स र यूएफओबारे समय समयमा विभिन्न दाबीहरू गरिन्छ ।

अब फेरि एकपटक एलियन्स वर्षौंअघि पृथ्वीमा आएर यहाँ बसेको दाबी गरिएको छ । अब मानिसले एलियन्स पत्ता लगाउन अर्को ग्रहमा जानु पर्दैन भन्ने दाबी छ ।

विश्वलाई अहिलेसम्म एलियन्सको बारेमा कुनै जानकारी छैन । तर, अब एक यूएफओ अनुसन्धानकर्ताले एलियन्स पृथ्वीमा आएको दाबी गरेका छन् ।

अनुसन्धानकर्ताले यसको भिडियो पनि जारी गरी आफ्नो दाबीलाई सही ठहर गर्ने प्रयास गरेका छन् ।

ताइवानी अनुसन्धानकर्ता स्कट सी वारिङले गुगल नक्सा मार्फत पृथ्वीमा एलियन्स भएको प्रमाण देखाएका छन् । उनले यसको भिडियो युट्युब च्यानलमा शेयर गरेका छन् । यो तथ्य लुकाएर राखिएको उनको दाबी छ ।

गुगल म्यापमा केही नयाँ देखिएको उनको भनाइ छ । जब उनले म्यापलाई पछाडि लगे, तब उनले अन्टार्कटिकाको बरफमा ठूला धारहरू देखे । यी लाइनहरू दशकौं पुरानो हुन सक्ने उनले बताए । त्यहाँ उत्खनन भएको उनको भनाइ छ । कार र ट्रयाक्टरहरू देखिन्छन् जसबाट ठूलो उत्खनन गरिएको छ ।

युएफओ अनुसन्धानकर्ताले विमानस्थलको संरचना पनि देखिने बताए । यो उत्खनन गर्न वैज्ञानिक र सेना जम्मा भएको जस्तो देखिने उनको भनाइ छ ।

अन्टार्कटिकाको बरफमा पुरानो एलियन संरचना देखा परेको उनको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP