शनिबार , बैसाख ६, २०८२

देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ५०८७ जनामा संक्रमण पुष्टि भएको थियो ।

यही अवधिमा थप ३५० जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १६ हजार ३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमित थपिएसँगै नेपालमा निको हुने दर ९६.१ प्रतिशतमा पुगेको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु पनि भएको छ । कोभिड–१९ को मृत्युदर १.४ प्रतिशत रहेको नेपालमा हालसम्म ११ हजार ६१७ जनाको मृत्यु भइसकेको छ । देशभर थप ४ लाख ३५ हजार १९३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP