
डार्विनमा रहेको नेपाली संघसंस्था Nepalese Association of Northern Territory (NANT), Non Resident of Nepali Association Northern Territory ( NRNA NT) र Nepali Volleyball Club Darwin को संयुक्त आयोजनामा नेपालको राष्ट्रीय खेल भलिबलको माध्यमबाट अन्य समुदायहरुसंग थप भाईचारासम्बन्ध स्थापित गर्ने उद्धेश्यलेपहिलोपटक MULTICULTURAL VOLLEYCUP 2022 आयोजना गर्ने भएको छ। यस प्रतियोगितालाई डार्विन भलिबल एसोसिएशनले प्राविधिक सहयोग उपलब्ध गर्ने भएको छ।
जनवरी महिनाको १५ र १६ तारिखमा स्थानिय MARRARA INDOOR STADIUM मा प्रतियोगिता हुने भनि तोकिएकोमा हाल डार्विनमा कोरोनाको प्रकोप दिनानुदिन अध्याधिक मात्रमा बढ्दै गरेकोले आयोजक बाट केहि समयको लागि प्रतियोगिता स्थगित गरिएको छ।
प्रतियोगिता संचालनको लागि आयोजक संघसंस्थाहरुको निर्देशनमा चन्द्रप्रकाश गुरुंगको संयोजकत्वमा १२ सदस्यीय टास्कफोर्स कमिटी गठन गरिएको छ जसमा NANT अध्यक्ष युवराज पन्त, NRNA NT संयोजक बिष्णु चापागॉई, NVC अध्यक्ष किरण गौतम, बाबुराम भट्टराई, दिनेश के सी, भवानी पौडेल, रविन भुसाल, फिरोज राण, गुनजन उपाध्याय, संजीव गोरखाली, र राज सापकोटा छन।
डिसेम्बर महिनाको १५ तारिख देखि ३० सम्मा टिम दर्ता गर्नकालागि समय तोकि पुरुष तर्फ १० र महिला तर्फ ६ टिमको लागि टिम दर्ताआह्वान गरिएकोमा दुवै समुह तर्फ आवश्यक टिमहरु दर्ता भैसकेका छन्।
“PROUDLY VOLLEYING NATIONAL SPORT OF NEPAL” भन्ने नाराका साथ आयोजक टिम नेपाल तर्फबाट पुरुषको २ र महिलाको १ टिम प्रतियोगितामा सहभागि हुदैछन। पुरुष टिम नेपाल रातोको लगि मेनेजर भवनी पौडेल र नेपाल निलोको लागि बाबुराम भट्टराई तोकिएको भने महिला टिमको लागि युवाराज पन्त मेनेजर तोकिएको छ।
प्रतियोगिता सन्चालनका लागि आवश्यक तयारीहरु लहभग पुरा भैसकेको र नेपाली टिमहरुको प्रशिक्षण पनि नियमित भैरहेकोमा हाल कोरोना फैलावटले गर्दा प्रशिक्षण पनि रेकिएको जानकारी टास्कफोर्सले दिएका छन्।
यस प्रतियोगिता सन्चालनको लागि डार्विनमा रहेका नेपालीहरुबाट सन्चालित ब्यवशायहरु : KBA GLOBAL EDUCATION AND MIGRATION, FRESH POINT Co. CAFE, PLATINUM CONVEYANCING NT, SHARMA AUTOSALE, AMAZING EDUCATION AND VISA SERVICES, DADA DI RESTAURANT, OASIS EDUCATION AUSTRALIA , MT.8848 CAFE & RESTAURANT, BDMS COMUNITY SERVICES , MITCHELLE’S THE PIZZA SHOP, YOGI’S WAY RESTAURANT, SUHANA BUTCHER & GROCERY SHOP, र GSD LAW सबैले $ ५०० (पॉचसय डलर) बराबरी रुपमा प्रायोजन गरेकाछन। प्रायोजक संकलन उप-समितिका अनुसार यसबाहेक मुल आयोजक संघसंस्थाहरुबाट पनि थप रकम बिनियोजन हुने बताए।
डार्विनको नेपाली समुदायमा फुटबल, लॉन टेनिस र क्रिकेट जस्ता खेलहरु निकै बिकसित भैसक्तापनि राष्ट्रीय खेल भलिबलको खासैबिकास हुन सकेको थिएन। सबै नेपालीको लोकप्रीय खेलको रुपम चिनेन यस खेललाई हामी नेपालीको राष्ट्रीय खेलपनि हो भनेरअरुसमुदायमा चिनाउन पनि यो प्रतियोगिता गर्न लागिएको आयोजकहरुको भनाई छ। यसभन्दा अघी पनि नेपाली समुदाय भित्रै “पहिलोनेपाली भलिबल कप २०२१’ सम्पन्न भैसकेको थियो जसमा पुरुष तर्फ ७ टिम र महिला तर्फ २ टिम सहभागि थिए।
खेल संचालनको लागि ९०% तयारी पुरा भैसकेको र डार्विनमा कोरोना नियंत्रण भई स्थिति सामान्य हुनसाथ उपयुक्त मिति तोकेर प्रतियोगिता संचालन गरिने आयोजकहरुको भनाई छ।