शुक्रबार , भाद्र १२, २०८३

गायक एकदेव लिम्बूले शारीरिक अशक्त ‘फ्यान’को घरमा गएर गीत गाएपछि माहोल नै भावुक बनाइदिएका छन् । उनले धरानकी एक शारीरिक रुपमा अशक्त फ्यानको घरमै पुगरेर कन्सर्ट झै गीत प्रस्तुत गरे।

कुरो शनिबारको थियो । उनी ‘कन्सर्ट’का लागि धरान पुगेका थिए एकदेव । ‘मनोरञ्जन धमाका’ कार्यक्रमका लागि आफ्नो प्रस्तुति दिन उनी धरान पुगेका थिए । तर अवस्था यस्तो आयो कि उनी आफ्नो ‘डाई हर्ट फ्यान’को घरमा पुग्न बाध्य भए ।

आफ्नो प्रस्तुति सकिएपछि उनले आइतबार धरानको कन्सर्टका भिडियोमा राखे उक्त भिडियोको कमेन्टमा फुङ्सो लिम्बू नामको आइडीबाट एक कमेन्ट आयो ।

कमेन्टमा यस्ताे लेखिएकाे थियो

हेल्लो एकदेव नमस्ते सेवारो । म हजुरको ठूलो फ्यान हो । हिजो धरानमा आउनु भएको थियो । हजुरलाई धेरै हेर्न मन त थियो । हिड्न सक्दिन नि त आएम डिस एवल पर्सन अनि आउन सकिन । धेरै नराम्रो दुख लाग्यो । जिन्दगीमा केही मिस भए झैँ लाग्यो । तर जिन्दगी धेरै लामो छ । कुनै न कुनै दिन हजुरलाई भेट्न पाउँछु होला नी । हजुर धेरै राम्रो लाग्नु हुन्छ । हजुरको संङ धेरै राम्रो लाग्छ । अरु त खोइ के भनौँ । धेरै धेरै मायाँ । हासी राख्नु् क्युट देनिनु हुन्छ ।

उनको फेसबुकमा आएका यो कमेन्टले एकदेव भावुक बने अनि उनले रिप्लाई दिए ।

रिप्लाईमा भने, क्यान यू प्लीज, मलाई डिएम गर्न सक्नु हुन्छ । तपाईको लोकेशन र नम्बर ? म तपाईसम्म पुग्ने कोसिस गर्नेछु ।

यति भनेसी एकदेवले आफ्ना साथीहरुलाई फुङ्सो लिम्बूको ठेगाना र उनको घर पत्ता लगाउन सहयोग माग्छन् । त्यसको केही समयपछि उनीहरु फुङ्सोको घर पत्तो लगाउन पनि सफल हुन्छन् । फुङ्सो लिम्बू धरान–१३ फुस्रेकी १६ वर्षीया भएको खुल्छ । र, तत्कालै साउण्ड सिस्टम र माइक तयार गरेर गाडिमा हाल्छन् । र, फुङ्सोको घरमा पुग्छन् एकदेव र उनका साथीहरु । पुगेपछि फुङ्सोको बारेमा उनकी आमा मञ्जु लिम्बू एकदेवलाई सबै भन्छिन् । अघिल्लो दिनको कन्सर्ट हेर्न नपाएको प्रति फुङ्सोले धेरै आँसु खसालेको सुनाउछिन् । माहोल भावुक बन्छ । यद्यपि फुङ्सो भने खुशीले गदगद हुन्छिन् । उनको खुशीको आँसु खसिरहन्छ ।

त्यतिकैमा एकदेवले आफ्नो गीतहरु ‘तिम्रो मुटुमा’, ‘शिरफूल’ र ‘सिउँदोमा सिन्दुर’ वालेलको गीत सुनाइ दिन्छन् । गीत सुनेपछि फुङ्सोको खुशीको सीमा रहन्न । अनि भन्छिन्, ‘थ्याङ्क यु।’ उनी गीतकाे ताल सँग सँगै नाच्ने काेसिस पनि गर्छिन् ।

एकदेवले उनलाई घडी उपरहार पनि ल्याइदिएका हुन्छन् । र, उनको हातमा घडी लगाइदिन्छन् ।

एकदेवले घरैमा गएर गीत प्रस्तुत गर्दा आमा मञ्जुको आखामा अविरल आँसु झरिरहन्छ । पल्लो कोठमाड गएर उनी धित मरुञ्जेल रुन्छिन् । अनि भन्छिन्, ‘घरमै आएर गाइदिँदा एकदमै खुसी लाग्यो । छोरीका लागि यो सबैभन्दा खुसीको क्षण हो।’उता एकदेवले पनि फुङ्सोको कमेन्टले आफू भावुक बताउँदै जसरी भए पनि भेट्न चाहेको बताए । उनले घरमै पुगेर प्रत्यक्ष गीत सुनाउन पाउँदा अध्याधिक खुशी भएको प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP