मंगलबार , अषोज २७, २०८३

१ लाखभन्दा बढी रुसी सेनाले यूक्रेनलाई तीनतर्फबाट घेरेर राखेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । रुसी घेराबन्दी र यूक्रेनमा हमलाको आशंकाबीच जेनेभामा रुस र अमेरिकाबीच भइरहेको वार्तामा गतिरोध आएको थियो । रुसी उप विदेश मन्त्री रायबाकोभले अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मलाई एक सुत्रे सर्त राखेका थिए । रुसका अनुसार उसको चासो अमेरिकाले यूक्रेनलाई सैन्य संगठन नाटोमा समावेश नगरोस् भन्ने नै हो ।

रुस नाटो सेनालाई आफ्नो ढोकाबाट पर राख्न चाहन्छ । उता अमेरिकाले युक्रेनलाई नाटो सेनामा समावेश गर्ने बारेमा कुनै प्रतिबद्धता जनाएको छैन । रुसी सेनाले यूक्रेनलाई पूर्वी क्षेत्रको सोलोटी र बोगुचार, उत्तरी क्षेत्रमा पोचेपबाट घेरेर राखेको छ । सैन्य विशेषज्ञका अनुसार रुस लगातार यूक्रेनको सीमामा आफ्नो सैन्य उपस्थितिलाई बढाउँदै गरेको छ । अतिरिक्त सैनिक पनि तैनाथ गरिएको छ ।

यदि युद्धको स्थितिमा अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएमा यसको फाइदा चीनलाई हुने छ । अमेरिका यो चाहँदैन । अमेरिका सीधा युद्धमा समावेश हुन चाहँदैन । उता पहिले पूर्वी यूक्रेन पुटिनको समर्थनमा रहेको थियो । २०१४ मा रुसले क्राइमियामा हमला गरेपछि स्थिति फेरिएको छ । यूक्रेनका जनता अब रुस विरोधी सरकारलाई निर्वाचित गराउँदै आएका छन् । प्रतिबन्धको स्थितिमा रुसले प्रतिक्रियाको रूपमा युरोपमा ग्यासको आपूर्ति रोक्न सक्छ । यसमा अमेरिकाको सहयोगी युरोपेली देश प्रभावित हुनेछन् । युरोपको ४० प्रतिशत ग्यास आपूर्ति रुसबाट हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP