शनिबार , भाद्र १३, २०८३

ताइवानको एक एफ-१६ फाइटर जेट मंगलवार प्रशिक्षण उडानका क्रममा गायब भएको छ।

समुद्रमाथि उडान भरिरहेका बेला यो अत्याधुनिक फाइटर जेट अचानक गायब भएपछि ताइवानमा खैलाबैला भएको छ।

सराकरका अनुसार यस फाइटर जेटका पाइलटलाई खोज्ने हरसम्भव प्रयास जारी राखिएको छ।

ताइवानको रक्षा मन्त्रालयले एफ-१६ फाइटर जेट ताइवानको लडाकु हवाई दलको सबैभन्दा आधुनिक विमान हो।

यस लडाकु विमानले दक्षिणी ताइवानको चियायी एयर बेसबाट उडान भरेको थियो। यो विमान उडान भरेको केही बेरमै रडार स्क्रिनबाट गायब भएको थियो।

ताइवानका राष्ट्रपति तसाई इङ्ग-वेनले यस फाइटर जेटको खोजी र उद्धारमा कुनै कसर बाँकी नराख्न आदेश दिएका छन्।

राष्ट्रपतिका प्रवक्तालाई उद्धृत गर्दै अरब न्यूजले उल्लेख गरे अनुसार खोजी र बचाऊ कार्यमा हर सम्भव कोशिश गर्न आदेश जारी भएको छ।

राष्ट्रपतिको कार्यालयले यदि दुर्घटनामा परेको भए त्यसको कारण पनि पत्ता लगाउन भनेको छ।

सरकारी उद्धार कमाण्ड सेन्टरले केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाएअनुसार विमान समुद्रमा खसेर दुर्घटनामा परेको छ।

यसअघि सन् २०२० मा पनि एक एफ-१६ विमान हुएलियन एयर बेसबाट उडान भरेको केही बेरमै गायब भएको थियो।

पछिल्लो एक वर्षयता ताइवान र चीनबीच तनाव बढिरहेको छ। चीनले ताइवानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिन अस्वीकार गरिरहेको छ।

उता ताइवानले अमेरिकाको साथ लिएर आफू स्वतन्त्र राष्ट्रका रुपमा स्थापित भइसेको बताउँदै सैन्य शक्ति बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP