सोमबार , अषोज २६, २०८३

ग्लोबल मिडिया अन्तर्गत ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाज अनलाइनले आयोजना गरेको तीज विशेष तस्विर प्रतियोगिता- २०७७ का विजेताहरुलाई पुरस्कार हस्तान्तरण तथा सम्मान गरिएको छ । मिडियाले शुक्रबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरी गत भदौंमा सम्पन्न प्रतियोगिताका विजेता तथा उत्कृष्ट १५ जनालाई सम्मान गरेको हो ।

संस्थाकी निर्देशक श्रृष्टि अधिकारी भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा प्रथम हुने स्मृति पाण्डेलाई भिभो मोबाइल प्रदान गरिएको थियो । त्यसैगरी द्धितिय र तृतिय हुने क्रमशः लक्ष्मी पाण्डे र अस्मिना पाण्डेलाई पनि सम्मान सहित पुरस्कार प्रदान गरिएको कार्यक्रमका संयोजक सुरज घिमिरेले बताए । कोभिड कहरका बीच परेको नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा ६ सय बढीको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट १५ जना छनौट गरी उनीहरुलाई पनि सम्मान गरिएको अनलाइनका समाचार प्रमुख डिबि सुस्लिङले बताए ।

कार्यक्रममा बोल्दै ग्लोबल मिडियाका प्रबन्ध निर्देशक तथा अनलाइनका प्रबन्ध सम्पादक गौतम भुुसालले तीजको अवसरमा विगतका वर्षहरुमा जस्तो यस वर्ष घरबाहिर जाने तथा नाचागान गर्ने कार्यक्रम नरहेको हुँदा घरमै बसेर सामाजिक सञ्जाल तथा अनलाइनमार्फत समय व्ययतित गर्न सहयोग पुग्ने र अनलाइन र गृहणी लगाएतका नारीहरुसँग सञ्चार माध्यममार्फत जोडिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने ‘कहरका बीच परेको पर्वमा केही नौलो प्रयासबाट अनलाइन र नारीहरु, परिवारका सबै सदस्य लगाएत इष्टमित्रहरुसित पनि जोडिने हुँदा हामीले यस्तो किसिमको कार्यक्रम गरेका हौं, जसबाट हामी केही सफल भएका छौं ।’

त्यसैगरी अनलाइनका सम्पादक एन.बी.कंडेलले प्रतिायोगिताको माध्यमबाट धेरै पाठकहरु थपिएको बताउँदै निरन्तरताका लागि आग्रह गरे । कार्यक्रममा प्रतियोगिताका मुख्य सहयोगी भिभो मोबाइलका प्रतिनिधि आशु थापा, सुवास थापा, विजेता तथा उत्कृष्ट हुनेहरु साथै उनीहरुका अभिभावकहरु, ग्लोबल मिडियाका व्यवस्थापक विवेक न्यौपाने, एचआर हेड प्रदिप नेपाल, लेखा प्रमुख सुमन ज्ञवाली, डेस्क प्रमुख बसन्त आचार्य, डिजाइनर अमित गुप्ता लगाएतको उपस्थिति रहेको थियो ।

बुटवल–११ कालिकानगर स्थित महाराजा रिसोर्टमा सम्पन्न कार्यक्रममा विजेता तथा उत्कृष्ट हुनेहरुलाई भिभो मोबाइलका प्रतिनिधि द्वय सुवास थापा एवम् आशु थापा र संस्थाका प्रबन्ध निर्देशक तथा निर्देशकद्वय गौतम भुषाल र सृष्टि अधिकारी भुषालले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP