शनिबार , बैसाख ६, २०८२

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण नदेखिएको गौतमले बताउनुभयो । उहाँ घरमै आइसोलेटेड भएर बस्नुभएको छ ।

अध्यक्ष नेपाल संक्रमण भएसँगै पूर्वनिर्धारित कार्यक्रम र भेटघाट केही समयका लागि स्थगित गरिएको छ । उहाँले आफ्नो सम्पर्कमा रहेकालाई एकान्तवास बस्दै परीक्षण गराउन पनि आग्रह गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललार्ई संक्रमण देखिएसँगै उच्चपदस्थ व्यक्तिहरूले कोरोना परीक्षण गराएका छन् । यस्तै हिजो मात्र शिक्षा मन्त्रीलाई संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP