मंगलबार , अषोज २७, २०८३
माघ २१ ,रुपन्देही । प्रदेश पाँच शेयर लगानीकर्ता फोरमले अर्थ मन्त्रालयलाई पुँजी बजार सुधार माग सम्बन्धमा पत्र पठाएको छ ।
पुँजी बजारको विकासमा अर्थमन्त्रीको कार्यकालमा पुँजी बजारले एतिहासिक रेकर्ड कायम गर्नुको साथै धेरै भन्दा धेरै लगानीकर्ता आवद्व गर्न गरेको योगदानलाई आत्मसाथ गर्दै पुँजी बजार विस्तार र विकासको सम्बन्धमा प्रदेश पाँच शेयर लगानीकर्ता फोरमले अर्थमन्त्रालय समक्ष छ बुँदे माग पेश गरेको छ ।
प्रदेश पाँच शेयर लगानीकर्ता फोरमले पेश गरेका मागहरु ्येस्ता छन
१. प्रदेश स्तरमा सेयर नयाँ ब्रोकर लाईसेन्स खुल्ला गर्ने ।
२. वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स उपलब्ध गराउने ।
३. धितोपत्र बोर्ड/नेप्से(NEPSE)का प्रादेशिक संरचना निर्माण गर्ने
४. पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको व्यवस्था मिलाउने
५. समयमै वित्तीय विवरण सार्वजनिक नगर्ने, समयमै वार्षिक साधारण सभा नगर्ने कम्पनीलाई कारबाही गर्ने ।
६. लिलामी शेयर खरिद गर्न अनलाइन प्रणाली व्यवस्था गर्ने ।
उक्त फोरमले पुँजी बजार विस्तार र विकासमा विगत लामो समयदेखि पुँजी बजारमा देखिएका चुनौतीहरुलाई समाधान गर्न आवश्यक मागहरु प्रस्तुत गरेको छ । “प्रदेश पाँच शेयर लगानीकर्ता फोरमले पुँजी बजार विकास र विस्तारमा विगत लामो समयदेखि विद्यमान पुँजी बजारमा देखिएका चुनौतीहरुको विषयमा मोफसलमा निरन्तर गोष्ठी, अन्तरक्रिया एवम् छलफल गरि सम्बद्ध पक्षसँग आफ्नो आवाज बुलन्द गरेको छ ।” प्रदेश पाँच शेयर लगानीकर्ता फोरमका कोषाध्यक्ष दिनेश गैरेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP