
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १७१ जना नयाँ संक्रमित थप भएका छन् ।
पीसीआर विधिबाट २ हजार ९४६ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७१ हजार २८९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६६ हजार ८५९ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३० जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४०० छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ७८ हजार ९८ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले २ हजार ४०० जना आइसोलेसन र ९५ जना क्वारेन्टिनमा छन् ।