पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार १६७ जना संक्रमित भएका छन्।
१२ हजार ६३२ जनाको परीक्षण हुँदा उक्त संख्यामा संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज २२४ जना निको भएका छन्। २ जनाको मृत्यु भएको छ।
हाल नेपालमा सक्रिय संक्रमित ६ हजार ७५५ रहेको मन्त्रालयले जनाएको छ।
आज भक्तपुरमा १५, ललितपुरमा ९९ र काठमाडौंमा ४९१ गरी उपत्यकामा ६१५ जना संक्रमित देखिएका छन्।
यस्तै, आज संक्रमणदर ९.५ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार ६ हजार १२७ र संस्थागत आइसोलेसन ६२८ जना छन्। आईसीयूमा ७० र भेन्टिलेटर १६ जना छन्।