सोमबार , बैसाख ८, २०८२

एशेज सिरीजको चौथो टेस्ट म्याच रोचक बराबरीमा टुंगिएको छ ।

आइतवार म्याचको पाँचौं दिन इंग्ल्यान्डले नौ विकेट गुमाएर २७० रन बनाउँदै म्याच जोगाएको हो । जीतका लागि अस्ट्रेलियाले एक विकेट लिन नसक्दा म्याच बराबरीमा टुंगियो ।

टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा ४१६ रन बनायो । वर्षाले अवरोध गरेको उक्त इनिङमा आठ विकेट मात्र खसेकोमा अस्ट्रेलियाले पारी घोषणा गरेको हो । अस्ट्रेलियाका लागि उस्मान खवाजाले १३७ रनको योगदान गरे ।

जवाफमा इंग्ल्यान्डले पहिलो इनिङमा २९४ रन मात्र बनाउन सक्यो । उसका लागि जोनी बेयरस्टोले ११३ रन बनाए ।दोस्रो इनिङमा अस्ट्रेलियाले ६ विकेटको २६५ रन बनाएर पारी घोषणा गरेको थियो । खवाजाले पुनः शतक प्रहार गर्दै नटआउट १०१ रन बनाए ।

विशाल रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम इनिङमा लगातार विकेट गुमाउँदै गएपछि हार्ने लक्षण देखाएको थियो । १००औं ओभरमा ज्याक लीच आउट भएपछि म्याचमा दुई ओभर बाँकी नै थियो ।

तर स्टुअर्ट ब्रोड र जेम्स एन्डरसन क्रीजमा टिकिरहेर इंग्ल्यान्डलाई हारबाट जोगाए ।

दुवै इनिङमा शतक प्रहार गरेका खवाजा म्यान अफ द म्याच भए ।

यसअघि तीनवटा टेस्ट जितेर अस्ट्रेलियाले शृंखला हात पारिसकेको छ ।

पाँचौं तथा अन्तिम टेस्ट होबार्टमा शुक्रवारबाट शुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP